आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहने एक म्याग्देलीले बेसाहरा जस्तै बनेका बालकको शिक्षादीक्षामा सहयोग गरी जन्मदिन मनाएका छन् ।

हरेक बर्ष म्याग्दीका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउने गरेका बेनी नगरपालिका–६ छापा घर भई हाल बेलायतमा रहनुभएका किसान जिसीले कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी एक महिलाकी अलपत्र छोरा बेनपा–९घतानका ६ बर्षिय निमेश खड्कालाई शिक्षादीक्षामा सहयोग गर्ने गरी १० हजार सहयोग गरेका हुन् ।

समाजसेवी किसानले यसअगाडी बंगुरको खोरमा बसेर अध्ययनरत खोटाङकी पुष्पा राई र बालगृहमा बस्ने करिना कार्कीलाई उच्च शिक्षासम्मको पढाईमा सहयोग गरेका छन् ।

बेलायतमा सफल नेपाली ब्यवसायी जिसीले हरेक जन्मदिनको अवसरमा म्याग्दीका दृष्टिविहिन, आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका देखि विभिन्न समस्यामा परेकालाई सहयोग गर्ने गरेका छन् ।

जन्मदिनको अवसरमा सहयोग गदैं जिसीले अभाव र समस्या झेल्दै हुर्किएकाले जन्मदिनमा अनावश्यक खर्च नगरी मानवीय सेवामा सहयोग गर्ने गरेको बताए ।आगामी बर्षमा पनि जन्मदिनमा आफ्नो खुशी असहाय अपाङ्घ तथा चरम गरिबीसँग जुधेका बालबालिकालाई सहयोग गरी मनाउने प्रतिबद्धता समेत जनाए ।

 

Leave a Reply