म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्धार माविमा विद्यालयस्तरीय जुनियर रेडक्रस सर्कल (जुरेस) र बाल क्लव गठन गरिएको छ । विद्यालयस्तरका विद्यार्थीहरुलाई रेडक्रसमा र बाल क्लवमा संलग्न भएर मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वयंसेवा कार्यमा प्रेरित गर्न जुरेश गठन गरिएको हो ।

विद्यालयमा आयोजित भेलाबाट नविन तिलिजाको अध्यक्षतामा गठज भएको जुरेसको उपाध्यक्षमा खुसी गर्बुजा, सचिव सुरक्षा तिलिजा, कोषाध्यक्ष निकिता तिलिजा रहेका छन् । त्यसैगरी सदस्यहरुमा करिणा पुन, अमित पाइजा,जिविका तिलिजा,डबिन तिलिजा, दिपेश पाइजा, यूदिप पुन र अपिल तिलिजा र शिक्षक नायकमा मनबहादुर पाईजा रहनुभएको छ ।

त्यसैगरी सञ्जय परियारको अध्यक्षतामा गठन भएको बाल क्लवमा मनिष तिलिजा, सचिव प्रतिज्ञा खाती, कोषाध्यक्ष सायना गर्बुजा, सदस्यहरुमा उषा तिलिजा,इच्छा तिलिजा, निखिता तिलिजा, गिता तिलिजा, विषेश पाइजा, यूदिप पुन र अपिल तिलिजा रहेकोमा शिक्षक प्रतिनिधि इश्वर बरुवाल रहेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले बताए । मानव सेवा, परोपकार, समाज सेवामा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको थियो ।

Leave a Reply