चुनावको सम्मुखमा घर आएर आफ्नो खुट्टा समाएर कसम खाँदै हजारौं आश्वासन दिने आफ्नै गाउँका नेताहरु त्यसपछिका दिनहरुमा अहिलेसम्म आफ्नो आँगन नटेकेको गुनासो गर्छन् फलेवास नगरपालिका-४, मुडिकुवाका चन्द्रबहादुर घर्ती ।

५५ वर्षिय घर्ती तीन वर्ष पहिलेसम्म निकै फुर्तिला थिए । १४ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारतको राजस्थान पुगेका उनले आफ्नो जीवनमा आँसु र हाँसो बराबरी भोग्न पर्यो । मेहनत गर्नेहरु कहिल्यै असफल हुँदैनन् भन्ने सुत्र जानेका उनले “मेहेनत गर्नुपर्छ” भन्ने शब्दलाई मूल मन्त्र बनाए । जीवनलाई फुलाउनका लागि होटेलमा मजदुरी मात्र गरेनन् आफ्ना अगाडि भेटिएका सबै काम गर्न पछि परेनन् ।

एक छोरा र एक छोरीका बाबू उनी अब बाँकी जीवन संघर्ष गर्दै गाउँमै कृषि फर्म खोल्ने सपना देखेर गाउँ फर्किएका उनको सपना त्यतिखेर अधुरै रह्यो जतिखेर उनी सख्त घाइते भए ।

आज भन्दा तीन वर्ष पहिले घाँस झार्न भनेर घर नजीकैको बडहरको रुखमा चढेका उनी रुखबाट अकस्मात् खस्न पुगे । तत्काल उपचारको लागि उनलाई पोखराको चरक अस्पतालमा पुर्याइयो तर उनी पहिलेको जस्तो रहेनन् । डक्टरले उनको ढाड भाँचिएको रिपोर्ट दिए जसको उपचार सम्भव भएन ।

यतिखेर उनको ढाडभन्दा मुनिको अंगले काम गर्न छाडेको छ । जसका कारण उनी हिँडडुल गर्न सक्दैनन् । उठ्न र बस्न पनि अर्कैको सहारा लिन परेपछि यतिखेर उनी अर्कैको सहारामा बाँचेका छन् ।

अर्कैको सहारामा बाँच्नुपर्दा “कृषि फार्म खोलेर देशमै सेवा गर्ने सपना बोकेर नेपाल फर्केका उनको आफ्नै सपनाले यतिखेर आफैंलाई पोलिरहेको छ । । नेपाल सरकारका तिनै तह अपाङ्ग मैत्री हुन नसकेकै कारण अपाङगहरुले पाउने सेवा र सुविधाबाट बंचित हुनुपरेको छ चन्द्रको गुनासो रहेको छ । आफू फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतको स्थानीय रहेको भएपनि अहिलेसम्म आफ्नै वाड मुडिकुवा र फलेवास नगरपालिकाले नहेरेको गुनासो गर्छन् ।

आर्थिक अवस्थाकै कारण बेलैमा राम्रो अस्पतालमा पुगेर उपचार गराउन नसकेका कारण आफू आजन्म अशक्त हुनपरेको चन्द्रको बुझाई रहेको छ । त्यतिमात्र होइन पूरा नहुने सपना देखाएर अब भोट माग्न आउने नेतालाई गतिलो जवाफ दिने पर्खाइमा पनि उनी रहेका छन् । गरिमा विकास बैंक लिमिटेड Chandra Bahadur Gharti Ac. Num 0130190088552200000 सम्पर्क: ९८४७१३८७०६

Leave a Reply