राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाएका छन् । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महावीर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

म्याग्दीबाट निर्वाचित सांसद गर्बुजाले महावीर पुनका जायज माग पुरा  गर्न समेत सरकारलाई आग्रह गरे । ‘नेपालका मुर्धन्य वैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘ अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने लगायत मागसहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पूर्ण ऐक्यबद्वता छ,’ गर्बुजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफूले आवाज उठाउने समेत प्रतिबद्धता जनाए । ‘देशभक्त वैज्ञानिकले उठाएका मागहरुको सम्बन्धमा सडक र सदनबाट आवाज उठाएर साथ दिन तयार छु। सरकारले उहाँका मागहरुलाई अविलम्ब पुरा गरोस् भन्ने जोडदार माग गर्दछु,’ उनले भने ।

Leave a Reply