नेपाली बैज्ञानिक एवम् राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले ऐक्यवद्धता जनाएका छन्।

आइतबार विहान सामाजिक सञ्जालमा एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले डा. पुनको मागलाई सरकारको एजेण्डा बन्नुपर्ने बताउँदै तत्काल समाधानका लागि समेत अपिल गरेका छन् ।

पार्टीको काम र विभिन्न कार्यक्रमको सिलसिलामा गृह जिल्लाको भ्रमणमा आएका सांसद गर्बुजाले काठमाण्डौ फर्किएपछि डा. पुनसँग भेटेर समेत आफ्नो समर्थन जनाउने बताएका छन् ।

‘नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ,’ सांसद गर्बुजाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

देशभक्त बैज्ञानिकले उठाएका उक्त मागहरुका सम्बन्धमा सडक र सदन दुबै स्थानबाट आवाज उठाउन र साथदिन तयार रहेको समेत सांसद गर्बुजाले जनाएका छन् ।

डा. महावीर पुनको गृह जिल्ला समेत म्याग्दी हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगीमा जन्मिएका पुनले आफ्नै जन्मगाउँबाट वायरलेस प्रविधिको सुरूवात गदैं देशभरका ग्रामिण क्षेत्रमा इन्टरनेटको माध्यमबाट सुचना सञ्जाल विस्तार गरेका छन् ।

नेपाली बैज्ञानिकका रुपमा समेत चिनिने पुनले जिल्लाको नांगी, राम्चे, शिखको खोप्रामा भेडाबाख्राको गोठालाको पहुँचमा समेत इन्टरनेट पुगेको सन्देश विश्वभर फैलाउँदै सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

सन् १९८९ मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर शिक्षा पुरा गरी आफ्नै गाउँमा फर्किएर सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि काम गरेका पुनलाई सन् २००१ म ब्रिटिश ब्रोडकास्ट कर्पोरेसनले विश्व समुदायलाई उनले योगदानलाई विश्वसामु पु¥याउन मदत गरेको थियो ।

पुनले ’इन्टरनेट हल अफ फेम’,‘सम्रग सामाजिक नवीन पुरस्कार’ जस्ता दर्जन पुरस्कारबाट सम्मानित भएका छन् । हाल राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गरेका थिए भने आविष्कार केन्द्र स्थापनाका लागि सहयोग अभियानको सुरुवात समेत पहिलोपटक म्याग्दीबाटै गरेका थिए । पुनले डिजिटल अभियानसँगै सामुदायिक लज, चौरीपालन तथा समुदायमा आधारित विभिन्न आम्दानीका स्रोतहरुमा समेत समुदायलाई सघाएका छन् ।

Leave a Reply