म्याग्दीका व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषकले राजनीतिक दलबाट अलग भएर स्वतन्त्र बस्ने घोषणा गरेका छन् । दलिय गतिविधि र आस्थाबाट अलग भएर स्वतन्त्र रुपमा आफ्नो पेशामा सक्रिय रहने बताएका छन् ।

बेनी नगरपालिकामा पशुपालन तथा दुग्ध उत्पादनको क्षेत्रमा सक्रिय रहेका सुरेश ढुंगाना, कृष्णप्रसाद शर्मा, झलकबहादुर कटुवाल रमेश र दुर्गाप्रसाद पौडेलले दलिय गतिविधिबाट अलग भएर पशुपालन क्षेत्रमा कृषकको जिवनस्तर उकास्ने गरी काम गर्ने भन्दै विज्ञप्ती नै जारी गरेका छन् ।

‘अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद, हामीले अव दलिय संघसंस्थामा प्रतिनिधित्व गदैनौ’अगुवा कृषक ढुंगानाले भने । पशुपालन र दुग्ध क्षेत्रमा भोग्दै आएको समस्यालाई केन्द्रित भएर आगामी दिनमा विभिन्न रचनात्मक कार्य गर्ने समेत प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र बस्ने चारैजना अगुवा कृषक हुन् । उनीहरुले पशुपालनबाट रहरलाग्दो आम्दानी गरिरहेका छन् ।

Leave a Reply