म्याग्दी बेनी नगरपालिका-९,घतानका ६ बर्षिय निमेश खड्काको शिक्षादीक्षाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । आफन्तको मनशायपूर्वक हत्या गरेको अभियोगमा जिल्ला अदालत म्याग्दी र उच्च अदालत बागलुङबाट दोषी ठहर गरेपछि जेल जिवन विताइरहेका बुबाको जेलभित्रै मृत्यु र आमालाई २० बर्ष जेल सजाय तोकिएपछि अलपत्र परेका बालकलाई दयनीय अवस्थाबारे समाचार पढेपछि संघसंस्था र ब्यक्तिगत रुपमा सहयोग जुट्न थालेको हो।

समाचार प्रभाव

बेनी साप्ताहिक, बेनी अनलाइनमा समाचार प्रकाशित हुनेबित्तिकै जन्मदिनको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले ५ हजार र यूकेमा रहेका बेनपा–६ छाापका यूवा ब्यवसायी किसान जिसीले १० हजार सहयोग गरेका छन् ।त्यस्तै म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् सुनचाँदी ब्यवसायी कमल विश्वकर्माले ५ हजार, बेनीका डेरी ब्यवसायी डिएल कँडेलले २ हजार गरेका छन् ।

त्यस्तै अमेरिकामा रहेकी बेनपा–४ सुर्केमेलाकी सबी थापाले अभिभावकत्व दिएर पठनपाठनको जिम्मेवारी लिन तयार रहेको बताएकी छन् ।‘सहयोगको प्रतिबद्धता आइरहेको छ,‘उच्च शिक्षासम्मका लागि पहल गरिरहेका छौ’ वडा अध्यक्ष चक्र केसीले भने ।

उनका अनुसार पोखराको सिर्जना विकास केन्द्रले एसइईसम्मको पढाईका लागि आवासीय सहयोग समेत गर्ने प्रतिबद्धता जनाएको छ । ‘बालबालिकालाई पालनपोषण र पठनपाठनमा के गर्न सकिन्छ भन्नेबारे हामीले छलफल गरिरहेका छौं,’ उनले भने, ‘अवस्था साह्रै दयनीय छ । शिक्षामा सहयोग र अभिभावकत्व आवश्यक छ’ वडा अध्यक्ष केसीले भने ।

बालकको समाचार आएपछि अवस्था बारेमा अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन विभिन्न क्षेत्रबाट चासो देखाएको छ । बेनीस्थित शिखर होटलका सञ्चालक कृष्णप्रसाद बरुवालले अस्थायी संरक्षण गरेका निमेशलाई आमाले जेलबाट विदेशमा कमाउन आएको भन्दै फोन गर्ने गरेकी छन् । निमेशको नाममा माछापुच्छे« बैकमा खाता खोलिएको छ भने संरक्षकको भूमिकामा वडा कार्यालय रहेको छ ।

Leave a Reply