नेपाली बैज्ञानिक एवम् राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई म्याग्दीका यूवाहरुले ऐक्यवद्धता जनाएका छन्। सोमबार सदरमुकाम बेनीस्थित जिल्ला प्रशासन कार्यालय अगाडी झरीमा समेत यूवाहरुले धर्ना तथा सर्मथनमा कार्यक्रम गरेका छन् ।

यूवा संघ नेपाल म्याग्दीका अध्यक्ष विजय घर्तीमगर र अनेरास्ववियू म्याग्दीका अध्यक्ष मिलन खत्री सहित युवाहरुको टोलीले धर्ना सहित सर्मथनको पहिलो कार्यक्रम गरेका छन् ।

डा. महावीर पुनको गृह जिल्ला समेत म्याग्दी भएकाले म्याग्देलीले मागहरु पूरा गर्न रचनात्मक र दवावमुलक कार्यक्रम गर्नुपर्ने यूवा घर्तीमगरल बताए । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगीमा जन्मिएका पुनले आफ्नै जन्मगाउँबाट वायरलेस प्रविधिको सुरूवात गदैं देशभरका ग्रामिण क्षेत्रमा इन्टरनेटको माध्यमबाट सुचना सञ्जाल विस्तार गरेका छन् ।

नेपाली बैज्ञानिकका रुपमा समेत चिनिने पुनले जिल्लाको नांगी, राम्चे, शिखको खोप्रामा भेडाबाख्राको गोठालाको पहुँचमा समेत इन्टरनेट पुगेको सन्देश विश्वभर फैलाउँदै सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

सन् १९८९ मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर शिक्षा पुरा गरी आफ्नै गाउँमा फर्किएर सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि काम गरेका पुनलाई सन् २००१ म ब्रिटिश ब्रोडकास्ट कर्पोरेसनले विश्व समुदायलाई उनले योगदानलाई विश्वसामु पु¥याउन मदत गरेको थियो ।

पुनले ’इन्टरनेट हल अफ फेम’,‘सम्रग सामाजिक नवीन पुरस्कार’ जस्ता दर्जन पुरस्कारबाट सम्मानित भएका छन् । हाल राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गरेका थिए भने आविष्कार केन्द्र स्थापनाका लागि सहयोग अभियानको सुरुवात समेत पहिलोपटक म्याग्दीबाटै गरेका थिए । पुनले डिजिटल अभियानसँगै सामुदायिक लज, चौरीपालन तथा समुदायमा आधारित विभिन्न आम्दानीका स्रोतहरुमा समेत समुदायलाई सघाएका छन् ।

Leave a Reply