जबर्जस्ती सृष्टिले दिएको
त्यो बिहानिको झुल्के किरण छ
मान्छेका कोलाहल भन्दा चिस्सो सिरेटो चर्को छ
छन त चरा छन बढि त काग
हिजो आज किन गाउँ अर्को छ ?
पैले घर बोल्थ्यो
दाउराले आगो बलेर बोल्थे
सुभबिहानमा पालेका काम गर्ने भालेहरु
परेवा, चराहरु, गोठका दुइ हल तन्नेरिहरु
गनगनाउने चल्लाका माउ हरु
कमेरो माटोका छाम्राले मस्कने भाडाहरु
कुवामा बगिरहने पानीहरु
पाक्यो खाना ? ओल्लो पल्लो घरका मान्छेहरु
दाउरा, माटो, घाँस र भाकाहरु
सबैले बिछत्तै बात मार्थे म सङ
आज ब्यथा गाउको छ
चुहिएर छानो रोएको घरको भित्तै भरी धर्को छ ।
गावै सक्योइ ल !
भनी डराउने मेरा मनका बाघ
र बनका बाघ पस्ला जसरी डराउने
गाउको ढुङ्गे घरलाई डलरको चोटै चोट छ
ठुलै गल्ती गरेर क्षमा पछि पाएको मायाले
हल्का पिल्पिले आँसु झारेको
अनुहार जस्तै हेरेको हेरेइ छ ।
न बोल्न सक्छ न ब्यक्त गर्न
घरको पनि अब आयु मेरो सास जस्तै मात्र एक सर्को छ ।
एक्लिएका ती बुढी आमा र बुढा बा
कोरोनाको एकान्तबास भन्दा बढता
भोगिसके यै जुनिमा
सेता दात भैसके काला-ठुटा
काला कपाल भैसके सेता
मलिला छाला बाझोखेत झै चाउरिसके
करायरै वारिका सम्चार पारी
अझ पारी झन पारी पुराउने
बा´को सास सुकिसक्यो ।
कैले चल्छ हुरी एकतमासले
मानौ बाको सास लाई जित्न
फेरि बत्ती बल्लाकी भन्ने आसलाई जित्न
गाउँ निभ्न लागेको बत्ती झै हुदा पनि परदेश जानेको लर्को छ ।
सुन्दर शान्त देशको
कालो र कोलाहल हावाबाट
महंगो पसिनाले सस्तो जवानी बेच्नलाइ
एक हुल रंगिन चराहरु
टाढा धेरै टाढा उडेपछी
चुल्होमा आज बा आए
सलाइ किन्ने दाम र काम नपाएर गाममा
अलि परपुगेपछि अगुल्टो घर ल्याए
चकमन्नै अँध्यारो
जुन्किरी चिसो चुलोमा
थाकेका बाको सुकेको सासले
आमालाइ तातो पानीको आशले
नौलाखै देखिने छानोबाट
बा´ को आखाझै रसाउदा
निभायो आगो फुक्दा फुक्दै
साच्चै यो पिडा गाउँ घरको छ ।
हिजो आज किन गाउँ अर्को छ ?
यमन बिक्रम नेपथ्य
मालिका ६ दर्बाङ्ग म्याग्दी