म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर बजारमा रहेको मंगला शिक्षा क्याम्पस लाम्पाटास्थित आफ्नै भवनमा सरेको छ । स्थापनाकालदेखि मंगला माविसँगै रहेको जग्गामा निर्मित भवनमा पठनपाठन र प्रशासनीक काम गदैं आइरहेको क्याम्पसको लाम्पाटास्थित जमिनमा दुई वटा भवन निर्माण सम्पन्न भएपछि मंगलबारदेखि नियमित पठनपाठन र प्रशासनीक काम सुरु गरेको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

क्याम्पसले प्रयोग गदैं आएको भवनको चाबी एक समारोहका बिच मंगला माविका विब्यस अध्यक्ष नारायण बहादुर अधिकारी, प्रअ गमबहादुर खत्रीलाई क्याम्पस प्रमुख यामबहादुर थपााले हस्तान्तरण गर्नुभएको थियो । मंगला माविमा आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख थापाले विद्यालय र क्याम्पस एकै सिक्का दुई पाटा भएकाले सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा विब्यस अध्यक्ष अधिकारीले क्याम्पस स्थापनामा समुदायकै सक्रियता भएकाले सहकार्यमा कुनै कमी नहुने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष स सतप्रसाद रोका, वडा नं २ का अध्यक्ष धनबहादुर खाती लगायतको उपस्थिती रहेको थियो ।

मंगला क्याम्पसमा विश्व विद्यालय अनुदान आयोग,संघीय संसद विकास कोषबाट ७० लाख, प्रदेशसभा सामाजिक विकास मन्त्रीके संसद विकास कोष, मगला गाउँपालिका र स्थानीय स्रोतबाट २ वटा भबन बनेको छ । छात्राबास, नियमित कक्षा र प्रशासनीक कार्यका लागि प्रयोग भइरहेको छ ।

क्याम्पसले विश्व विद्यालय अनुदान आयोगमा प्रशासनीक, छात्राबास सहित अन्य संरचनाका लागि समेत थप बजेट माग गरेको छ । क्याम्पसको एउटा भवन निर्मित भएपनि अपुग हुने भएकाले विश्वविद्यालय अनुदान आयोगको भवन बनेपछि मात्रै क्याम्पस सरेको सञ्चालक समितिका अध्यक्ष थापाले बताए ।

उनका अनु्सार क्याम्पसमा प्रयाप्त जमिन भएकाले घेराबार सहित अन्य भौतिक संरचनालाई समेत प्राथमिकता दिने बताए । मंगला शिक्षा क्याम्पसलाई जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरी साढे ३३ रोपनी जग्गा खरिद गरिएको थियो ।

Leave a Reply