उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा सुरु गरेको तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने पर्यटकहरुलाई लक्षित गरेर शुरु गरिएको एटिएम सेवाको बुधबार गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र बैंकका बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो ।

बेनी–जोमसोम–कोरोला सडक अन्तर्गत होटल न्याचूरल स्प्रिङमा राखिएको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको अध्यक्षता, लजिस्टिक एण्ड जनरल सर्भिस विभागका प्रमुख अनुमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन बोर्ड अफ डाइरेक्टर दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुनले बैंक तथा वित्तीय संस्थाको सेवालाई घरघरसम्म विस्तार गर्नुपर्ने बताउदै प्रविधियुक्त सेवाले आर्थिक कारोबारमा सहज भएको बताउनुभयो । भुरुङ्ग तातोपानी भएर मुस्ताङ्ग जाने आउने पर्यटकहरुलाई एटिएम काउन्टरले सहज हुने अपेक्षा गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत ढकालले गरिमा विकास बैंकले सेवाग्राहीको सहजताको लागि सेवालाई समय अनुकुल प्रविधिमैत्री बनाउदै लगेको बताउनुभयो । गरिमा बैंकको नेपालभर १२१ वटा शाखा र ५० वटा एटिएम काउन्टर रहेका छन् ।

Leave a Reply