निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न आग्रह गरेको छ। संघले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद निमायवली अनुसार ५ वटाभन्दा बढी योजनामा सहभागि हुने नियमलाई कार्यान्वयन गर्न चेतावनी दिएको हो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनको ६५ उपनियम (४घ १) मा एक वा संयुक्त उपक्रमको रुपमा पाँचवटा खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न बाँकी रहको निर्माण ब्यवसायीले निर्माण कार्यका लागि आह््वान हुने खुला बोलपत्र प्रक्रियामा भााग लिन नपाउने ब्यवस्थालाई यथावत राख्न माग गर्दै संघले प्रेस विज्ञप्ती निकालेको हो।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचनले नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएको जानकारी गराउदै स्वार्थी समूहको चलखेलमा नियमावाली संशोधन गराउन लाग्नुमा संघको आपत्ति रहेको बताउनुभयो ।

उक्त पुरानो खरिद नियमावली लागू भएसँगै परियोजनाहरू समयमै सम्पन्न भएको प्रगति मूल्याङ्कन राम्रो आएको भन्दै एक इजाजत पत्रले ५ वटा भन्दा बढी काम ओगट्ने प्रविधिले योजनाहरु अलपत्र हुने, काम नगरी ठेक्का आह्वानमा कमिशनको चलखेल बढ्ने लगायतका समस्या उत्पन्न हुने बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाले भन्नुभयो ।

समयमा निर्माण आयोजना सम्पन्न हुने र सो आयोजनाहरूबाट प्राप्त हुने प्रतिफल तोकिएकै समय भित्रै सरोकारवालाले पाउने भएको हुँदा सबै निर्माण व्यवसायीलाई अति उपयोगी प्रमाणित भएको उक्त पाँच प्याकेजको व्यवस्था हटाइएमा निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने अध्यक्ष भट्टचले उद्घोष गर्नुभएको छ । कतिपय आयोजनामा लागत इस्टिमेट अनुसार बजेट सुनिश्चितताको अभावले भुक्तानी समस्या देखिएको अध्यक्ष भट्टचनले बताउनुभयो ।

Leave a Reply