एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता। यातायातको पहुँच,अक्करे भिर, जंगल भित्रको यात्रा र चारैतर्फ पहाडै पहाडले घेरेको गुर्जा जिल्लाकै अति विकट बस्तीका जनतालाई प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको भएपनि गूर्जाका बसोबास गर्नेले धेरै किसिमका दुख, कष्टको सामना गर्नुपरेको छ।

जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ ।कला र संस्कृतिको धनी गूर्जामा  धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ।

यहाँ प्रसस्तै समस्या भएपनि कला र संस्कृतिमा भने धेरै धनी छ । कला र संस्कृतिको धनी गूर्जामा  धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ। गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो ।
सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले आयोजना गरेको कार्यक्रममा जिल्ला न्यायाधीश कृष्ण प्रसाद नेपाल, गाउँपालिकाका उपाध्यक्ष रेशम पुन, श्रेष्तेदार तेजप्रसाद पौडेल, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगर र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले वडा अध्यक्ष झकबहादुर छन्त्याल र पुख्र्यौली समुहका उपाध्यक्ष भिमबहादुर छन्त्याललाई उक्त सामाग्री सहयोग गर्नुभएको थियो ।
म्याग्दीको छन्त्याल संस्कृति संरक्षण कार्यक्रम अन्तरगत गुर्जाका छन्त्यालहरुको कला, संस्कृति जगेरनाका लागि पुख्र्यौली नाचमा प्रयोग हुने विभिन्न १७ प्रकारका भेषभुषा र श्रृङ्गारका सामाग्री १२ सेटका दरले उपलब्ध गराइएका सामाजिक विकास कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो । कार्यालयले पुख्र्यौली नाचमा कलाकारहरुले लगाउने टेकी, लुङ्गी, घलेक, चोली, पिरुमाला, पोते, सुन पाटा, पछौरी, पटुका, स्टकोट, भाङ्ग्रा, टोपी, गलबन्दी, कछार, बेल्ट, फुली र शिरबन्दीका सामाग्री उपलब्ध गराएको जनाएको छ ।

कार्यक्रममा कार्यालयको तर्फबाट कलाकारहरुको प्रोत्साहनका लागि नगद रु ४ हजार ५ सय समेत सहयोग गरिएको थियो । यस बर्ष कार्यालयले छन्त्याल समुदायको कला र संंस्कृतिलाई संरक्षण र अन्तरपुस्ता हस्तान्तरणका लागि बृत्तचित्र समेत निर्माण गर्न लागेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।गुर्जाका छन्त्याल समुदायले हरेक परिवारमा जेठो छोराको जन्म हुँदा दशैँ र तिहारको समयमा ‘पुर्पुरो’ नाचको रुपमा पुख्र्यौली नाच देखाउने गर्छन् ।

गाउँमा जाने अतिथि र पर्यटकहरुका लागि समेत देखाउने उक्त पुख्र्यौली नाच संरक्षण र संवद्र्धनमा प्राप्त सामाग्रीले सहयोग पुग्ने वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायाधीश नेपालले मौलिक कला र संस्कृतिलाई अन्तरपुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउँदै भाषा, संस्कृति र भेषभुषालाई जिवन्त राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुनले अल्यसंख्यक छन्त्याल समुदायको भाषा, भेषभुषा र संस्कृति हराएर जाने अवस्थामा पुग्न नदिन समुदाय आफैले पनि सक्रियता देखाउनुपर्ने भन्दै गाउँपालिकाले कला, संस्कृतिको संरक्षणमा आवश्यक पहल गर्ने बताउनुभयो । कार्यक्रममा गुर्जाका छन्त्याल समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाच समेत प्रस्तुत गरिएको थियो । गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले गर्नुभएको थियो । कमल खत्री

Leave a Reply