राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आगामी जेठ १५ गते जिल्ला भित्रका अन्तरमावि स्तरीय लोक गीत प्रतियोगिता तथा विविध सांस्कृतिका कार्यक्रम आयोजना गर्ने भएको छ ।

विहिबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराईएको हो । विद्यालय स्तरमा रहेका विद्यार्थीहरुलाई लोक संगीतमा रुचि बढाउने र उनिहरुको कला र क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

प्रतियोगीतको प्रथम पुरस्कार २५ हजार, द्वितिय १५ हजार, तृतिय १० हजार र शान्त्वना ५ हजार ट्रफि र प्रमाणपत्र राखिएको छ । प्रतियोगितामा एउटा विद्यालयबाट १ जना विद्यार्थीले मात्रै भाग लिन पाउने, गीत मौलिक लोक लयमा हुनुपर्ने, प्रत्यक्ष बाद्यवादनमा गाउनुपर्ने, गीत समसामयिक सामाजिक विषयबस्तुमा आधारित हुनुपर्ने लगायतका निमयहरु बनाईएको प्रतिष्ठानका द्वितिय उपाध्यक्ष तथा पदम विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्नका लागि अनुमानित ३ लाख ५० हजार खर्च हुने र कार्यक्रमबाट अनुमानित ४ लाख आम्दानी हुने कोषाध्यक्ष मिलन विश्वकर्माले बताउनुभयो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पारेर आयोजना गरेको कार्यक्रमको तयारी थालिएको छ । कार्यक्रम सम्पन्न पार्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

अध्यक्ष ध्रुव जिसी मुल संयोजक रहेको कार्यक्रमको आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा कोषाध्यक्ष मिलन विश्वकर्मा, छपाई व्यवस्थापन तथा उद्घोषण उपसमिति संयोजकमा पदम विश्वकर्मा, प्रचार प्रसार तथा सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा सचिव विजुन केसी, रहनुभएको छ ।

त्यस्तै अतिथि सत्कार उपसमिति संयोजकमा महिला उपाध्यक्ष देवि जिसी, मञ्च तथा ध्वनी व्यवस्थापन उपसमिति संयोजकमा सदस्य शंकर पौडेल, प्रतियोगि व्यवस्थापन उपसमिति संयोजकमा सहसचिव सुनिल बानियाँ रहनुभएको छ । पतिष्ठानका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेको संयोजकत्वमा कार्यक्रम निरिक्षण तथा निर्देशन उपसमिति गठन गरिएको प्रतिष्ठान म्याग्दीका सचिव केसीले बताउनुभयो ।

जिल्ला समन्वय समितिमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुती समेत राखिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीहुन जिल्लाका सम्पूर्ण माविहरुलाई आव्हान समेत गरिएको छ । पत्रकार सम्मेलनको अवसरमा प्रतिष्ठानका विदेश विभाग अन्तर्गत मकाउका सल्लाहकार चिरञ्जीवि पौडेललाई कार्यालयमा स्वागत सहित सल्लाहकार चयन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष जिसी, गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा, र पूर्व जिल्ला अध्यक्ष कृष्ण जिसीले पौडेललाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पत्रकार सम्मेलन प्रतिष्ठानका अध्यक्ष जिसीको अध्यक्षता र द्वितिय उपाध्यक्ष विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply