अमेरिकाको न्युर्योकमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था म्याग्दी समाज न्युयोर्कको दोस्रो अधिवेशनबाट रमेश तुलाचन (दरबाङ) अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष याम पुनमगर (भकिम्ली)महिला उपाध्यक्ष प्रितीमाया पुन (चिमखोला)उपाध्यक्ष सोम बुढाथोकी (अर्मन)महासचिव प्रकाश थापा क्षेत्री (अर्मन) सचिव रत्नसिंह गर्बुजा (विम) सचिव चक बहादुर पाईजा (विम) कोषाध्यक्ष तिर्थ घर्ती (देविस्थान) सह-कोषाध्यक्ष दिपिका छन्त्याल (भकिम्ली) रहनुभएको छ ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा केशर बहादुर खत्री (धारापानी) रोशन गौचन (वेनी)शुसिला पुन (पाऊद्धार) जगत पुन (निस्कोत) भरत डगामी (अर्मन), रामचन्द्र सापकोटा (बरंजा) भिमराज पर्टेल (निस्कोट) र दल घर्ती (मुदी) रहनुभएको म्याग्दी समाज न्युयोर्क युएसएले जनाएको छ ।

ब्यापार, शिक्षा, रोजगार लगायत विभिन्न सिलसिलामा न्युर्योकमा रहेका म्याग्देलीले स्थापना गरेको संस्थामार्फत म्याग्दीमा आर्थिक अभाव भएका, बाढीपहिरो पीडितका साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरिएको छ । समाजका निर्वतमान अध्यक्ष भविन्द्र शेरपुञ्जाले आफ्नो कार्यकालमा आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्पुर्णलाई आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसैबीच नवनिर्वाचत अध्यक्ष तुलाचनले कर्मभुमी र जन्मभूमिमा विगतमा जस्तै रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अधिवेशनको अवसरमा बेनीअनलाइन प्रालिका अध्यक्ष एवम् प्रधानसम्पादक हरिकृष्ण गौतम सहित विभिन्न क्षेत्रबाट योगदान पुयार्”एकालाई समेत सम्मान गरिएको थियो । म्याग्दी समाजले म्याग्दीमा बाढीपहिरोबाट विस्थापित र मृतकको परिवारलाई करिब ४० लाख नगद सहयोग, बेनी नगरपालिका, मंगला र अन्नपुर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सहित गएको कार्यकालमा दर्जनौ समाजिक कार्य गरेको थियो ।

Leave a Reply