म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बिरेन्द्रचोकमा मानवीय सेवाको बारेमा गीत गाएर रेडक्रस दिवस मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको आयोजनामा पिपल चौतारीमा सन्देशमुलक गीत प्रस्तुत गरेर विश्व रेडक्रस दिवस मनाईएको हो ।

कलाकार कृष्ण जिसीले सारंगी बजाएर गीत गाउनुभएको थियो । सल्लैहो जोवन कल्लाई हो बोलको पुरानो भाकामा जिसीले गीत गाउँदा चौतारीमा जम्मा भएको रेडक्रसकर्मी तथा शितलता लिन बसेका अन्य ज्येष्ठ नागरिकहरु छमछमी नाचेका थिए । गायक जिसीले गाउनुभएको रम्दै हिड्छौ नाँच र गीतमा, सहयोग गछौँ आपत र विपतमा । चौतारीमा नाच्ने र गाउने, रगत दिएर ज्यान पनि बचाउने ।

बस्नु पर्छ सवको मन भित्र, सेवा गर्ने उदेश्य पवित्र लगायतका गीतका टुक्काहरुमा रेडक्रसकर्मीहरु उत्साहका साथ रमाएका थिए ।गायक जिसीलाई गायीका देवि जिसी र गायक ध्रुव जिसीले साथ दिनुभएको थियो । विश्व रेडक्रस दिवस सन्देशमुलक गीत संगीतका साथमा मनाएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले बताउनुभयो ।

कार्यक्रमा बेनी नगरपालिका प्रमुख सुरत केसीले विश्व रेडक्रस दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मानवीय सेवामा समर्पित रहन आग्रह गर्नुभयो । कसैलाई परेको आपत र विपतको समयमा सहयोग गर्नु नै ठुलो धर्म भएको भन्दै रेडक्रसकर्मीहरुको भूमिकाको प्रशंसा समेत गर्नुभयो । अमित विश्वकर्मा ।

Leave a Reply