स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरको संयुक्त आयोजनामा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तत्र्रिmया गरिएको हो ।
कार्यक्रममा आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले म्याग्दी जिल्ला खुला दिसामुक्त घोषणा भएको धेरै समय बितिसकेको भए पनि अझै ग्रामीण भेगमा झाडापखालाका बिरामीहरु पाइएको बताउनुभयो । उहाँले म्याग्दीको स्वास्थ्य अवस्था सुधार्न पत्रकार तथा सञ्चारकर्मीको ठूलो सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सचेतनामूलक सन्देशहरु प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 
आफ्नो प्रस्तुतीमा निमित्त कार्यालय प्रमुख लम्सालले गएको आर्थिक वर्ष २०७८÷०७९ मा म्याग्दी जिल्लामा संस्थागत सुत्केरी हुने ७३ प्रतिशत पुगेको बताउँदै ४ पटकसम्म गर्भ जाँच गर्ने महिलाहरु ९४ प्रतिशत र ३ पटकसम्म सुत्केरी जाँच गर्नेहरु ५० प्रतिशतको तथ्याङ्क रहेको जानकारी दिनुभयो ।
उहाँले गत आवमा परिवार नियोजनको साधनहरु प्रयोग गर्नेहरु ४७ प्रतिशत रहेकोमा यसभन्दा अघिल्ला दुईवटा आवमा ४५ प्रतिशत मात्रै रहेको बताउँदै नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका परिवार नियोजनका साधनहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
पत्रकारसँगको अन्तत्र्रिया कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै बेनी अस्पतालका नवआगन्तुक निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले स्वास्थ्य समस्या सबैको साझा भएकाले यसको समाधान गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय बेनी अस्पतालमा सेवा लिन आउने अधिकांश महिलाहरु आफ्नो स्वास्थ्यमा विभिन्न किसिमका संक्रमण, महिनावारी गडबढी, गर्भपतनलगायत समस्याहरु जटिल बनेपछि आउने गरेको बताउँदै समयमै आएर स्वास्थ्योपचार गर्न सुझाव दिनुभयो ।
उहाँले पुरुषको तुलनामा महिलाहरुमा धेरै समस्याहरु देखिने गरेको बताउँदै पछिल्लो समय तनाव, सन्तुलित खानपान र व्यायामको अभावले स्वास्थ्यमा समस्या देखिएकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रमको अवसरमा वनहार्ट वल्डवाईड म्याग्दीका जिल्ला संयोजक उपेन्द्र चन्दले आफ्नो संस्थामार्फत म्याग्दी जिल्लाको विभिन्न स्थानमा भएका गतिविधि र सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका स्वास्थ्य शिक्षा अधिकृत ईन्द्रबहादुर बानियाँ र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरका कार्यकारी निर्देशक लक्ष्मीनारायण देवले पनि आ–आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स दुर्गा शर्माले गर्नुभएको थियो ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ भने सन् २०३० सम्मको दीगो विकास लक्ष्यमा पुग्नका लागि नवजात शिशु तथा मातृ मृत्युदर घटाउने उद्देश्य रहेको छ । दीगो विकास लक्ष्य प्राप्तिका लागि सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र नवजात शिशुको मृत्युदर घटाउनुपर्दछ । अहिले मातृ मृत्युदर प्रति लाखमा १ सय ५१ जना रहेकोमा दीगो विकास लक्ष्यअनुसार ७० जनामा झार्ने र नवजात शिशुको मृत्युदर प्रति हजारमा २१ रहेकोमा १२ जनामा झार्ने लक्ष्य लिइएको छ ।

Leave a Reply