भीरबाट खसेर मृत अवस्थामा भेटिएका बेनी नगरपालिका–१ थाड्नेबगरका ४० बर्षिय सन्तोष बोगटीकोे मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् ।

कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसी पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान भएका हुन् ।

मुद्दामा पेस भएका तथ्य र अनुसन्धान रिपोर्टसमेतको आधारमा आरोपितलाई तारेखमा छोडी मुद्दाको अनुसन्धान गर्न मिल्ने नदेखिएपछि पूर्पक्षमा राखी अनुसन्धान गर्न आदेश गरेको जिल्ला अदालतले जनाएको छ । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

रत्नेचौरबाट बेनी आउने क्रममा गएको चैत्र २९ गते रातीदेखि सम्पर्कविहिन भएका बोगटी भोलीपल्ट विहान मृत फेला परेका थिए । बेनी–बागलुङ सडकखण्ड अन्तरगत रत्नेचौरबाट बेनीतर्फ आउँदै गरेका बोगटीको हुलाकेडाँडाको भीरबाट खसेको अवस्थामा शब भेटिएको थियो ।

थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र घर्ती मध्य राति १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।

मृतक बोगटीको साढे ८ बजे आसपासमा परिवारसँगै सम्पर्क हुदाँ रत्नेचौरबाट फर्किदै गरेको जानकारी गराएका थिए । मृतकसँगै रहेका उनका साथीले राती ११ बजे ४६ मिनेटमा बाईक ल्याएर मृतकको पसल अगाडी छोडेको बेनी नगरपालिकाको सिसी क्यामेरामा देखिन्छ । घटना घटेको करिब डेढ घण्टासम्म परिवारका सदस्यसँग सम्पर्क नहुनुलाई समेत अनुसन्धानको आधार बनेको छ ।

एउटै मोटरसाइकलमा बेनी फर्किदै गरेको अवस्थामा मोटरसाइकल घरमा ल्याउँदा परिवारका सदस्यलाई विहान मात्रै जानकारी दिनु, विहान पसल खुलेपछि मृतक र अनुसन्धानमा तानिएका साथीको साझेदारी ब्यवसायमा संलग्न डोजरका चालक कपडा किन्ने बाहनामा पसलमा जानु, झगडा भएको बयान दिनु, रातको समयमा घटनास्थल आसपासमा एउटा स्कुटर देखिनु, रातो पल्सर बेनीतिर फर्किनुपर्नेमा रत्नेचौरतिर फर्किएको अवस्थामा पैदलयात्रीले देख्नु, सम्पर्कविहिन भएपछि रातीको समयमा खोजीकार्यमा सक्रिय नहुनु, विहान मृतकको शब भेटिएपछि परिवारलाई पहिलोपटक जानकारी दिनु, खोजीकार्यमा ढिलाई हुनु जस्ता गतिविधि भएको भन्दै घटनालाई प्रहरीले संस्कापदक मानेको थियो ।

Leave a Reply