---Advertisement---

माउन्ट एभरेस्ट प्रालिको अध्यक्षमा प्रमोद श्रेष्ठ चयन

On: May 11, 2023 6:50 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-७ महारानीथानमा अवस्थित माउन्ट एभरेस्ट आवासीय मावि प्रालिको सञ्चालक समितिको अधिवेशनबाट अध्यक्षमा प्रमोद श्रेष्ठ चयन हुनुभएको छ । ३ दशक अगाडी स्थापना भएको निजी क्षेत्रमा म्याग्दीको प्रतिष्ठित विद्यालयको सञ्चालक समितिको भेलाबाट वभिन्न ९ वटा समितिहरूको संयोजक समेत चयन गरेको छ ।

जसमा जनसम्पर्क समितिमा प्रालिका निर्वतमान अध्यक्ष चन्द्र कुमार केसी,पदपूर्ति समिति हरीकुमार श्रेष्ठ,यातायात समिति सुरज केसी,शैक्षिक निर्देशक राजु केसी,लेखा तथा आर्थिक रमेश गिरी,अतिरिक्त क्रियाकलाप लिलाबहादुर वानियाँ,होष्टेल तथा खरीद समिति सुविन श्रेष्ठ,प्रचार प्रसार समितिमा राजेश शाक्य र स्टाटेजिक किरण सापकोटालाई चयन गरेको हो ।

एकल परिवारबाट सञ्चालित रहेको विद्यालय बि.स २०७४ देखि १० जना सञ्चालकमार्फत मन्टेश्वरीदेखि कक्षा १२ सम्म सञ्चालन भइरहेको छ । प्रालिका अध्यक्ष श्रेष्ठले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र अतिरिक्त गतिविधिमा समेत निरन्तर आफ्नो सक्रियता देखाउने बताउनुभयो । विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार सहितका गतिविधिमा उत्कृष्ट रहेको भन्दै सन् २०२१–२४ अन्तरगत आइएसए अवार्ड समेत प्राप्त गरेको थियो ।