आज मई १३ तारिख, आजको ठिक ६३ वर्ष अगाडी पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण भएको थियो । स्विस धौलागिरि आरोहण टोलीका कुर्ट डियमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट र दुई शेर्पा निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुग्न सफल भएका थिए ।

स्विस पर्वतारोही तथा सौखिन पाइलट म्याक्स इज्लिनले धौलागिरि आरोहणको तैयारी गर्दै थिए । अचानक उनको दिमागमा कठिन यात्रामा पिलाटस कम्पनीको विमान भाडामा लिएर आरोहणका लागी आवश्यक सामग्री तथा आरोहण दलका सदस्यलाई धौलागिरि आधार शिविरसम्म लग्न सहज हुने तथा समयको पनि बचत हुने बिचार आयो ।

तुरुन्तै उनले विमान कम्पनीलाई सम्पर्क गरे । उनले सोचे भन्दा सहजतापूर्वक विमान कम्पनीले विमान निःशुल्क उपलब्ध गराइदिने घोषणा गरे । विमान कम्पनीले आफ्नो पि-६ मोडलमा सामान्य सुधार गराए ।

विमानको पाङ्ग्राको तल हिउँमा अवतरण गर्न सहज गर्नको लागी दुवै पाङ्ग्राको लागी स्किवोर्ड जडान गराए । विमान हिमाली क्षेत्रकै लागी भनेर विशेष चम्किलो रातो रङको प्रयोग गरे भने विमानमा Swiss Dhaulagiri Expedition 1960 तथा HIMALAYA भनेर लेखिदिए । साथै विमानको नाम ‘यती’ राखिदिए । ‘यती’ नेपालको हिमाली भागमा पाइने भनिएको एक हिममानवको नाम हो । यसको वास्तविकता प्रमाणित भइसकेको छैन । तर केहीले आफ्नै किसिमले प्रमाणहरू पेस गरेका छन् । कतिपय त्यस्ता प्रमाणहरू झुटा प्रमाणित पनि भइसके ।

‘यती’ स्विटजरल्याण्डबाट एक हप्ता लगाएर पोखरा आइपुगेको थियो । पोखरामा आरोहण टोलीका १३ जना, शेर्पा ६ जना, पाइलट २ जना तथा लाइसन अफिसरको रूपमा मीनबहादुर शेरचन पनि थिए । ‘यती’ले त्यस बेला धौलागिरि आधार शिविर सम्म सामान ढुवानी तथा आरोहण टोलीलाई आधार शिविरसम्म पुग्न धेरै सहज बनायो । समुन्द्री सतह देखी ५७०० मिटर उचाइमा रहेको धम्पुस पासमा अवतरणको विश्व रेकर्ड पनि राखे ।

पाइलट एन्स्ट साक्षर र एमिल विक निकै हतोत्साही भइरहेका थिए । कठिन भए पनि आनन्दित थिए । अचानक बि.सं. २०१७ सालको नयाँ वर्षकै दिन पोखरामा ‘यती’ दुर्घटनामा पर्‍यो । ‘यती’ले उडान सुरु गरेको एक छिनमा विमानको इन्जिन उछिट्टिएर खस्यो । साथै विमान पनि खस्यो । उता आरोहण टोली सामग्रीको प्रतीक्षामा थियो । यता विमान कामै नलाग्ने भएको थियो । यसपछि म्याक्स पोखरा आए ।

विमान कम्पनीसङ सम्पर्क गराइ नयाँ इन्जिन लिएर विशेष विमानमा पिलाटस कम्पनीका इन्जिनियर हान्स रेजर पोखरा आइपुगे । २३ दिन पछि वैशाख २३ गते’यती’ले फेरी धौलागिरि आधार शिविरमा उडान गर्‍यो । तर दुर्भाग्य यसरी दुख पूर्वक मर्मत गरी उडाएको ‘यती’ले लामो समय उड्न पाएन ।

मर्मत गरेर उडान थालेको दुई दिन पछि अर्थात् १७औ पटक राम्रैसङ धम्पुस पासमा अवतरण गरेको ‘यती’ उडानको क्रममा अत्यधिक हावाले गर्दा दुर्घटनाग्रस्त भयो । पाइलटहरू दुवै जना उछिट्टिएर बाँचे । विमान पूर्णरुपमा ध्वस्त भयो । दुवै पाइलट स्विटजरल्याण्ड फर्किए । पछि एक पाइलट एमिल विक नेपालमा पिलाटस उडाउन तथा प्रशिक्षण दिन फर्केर नेपाल आए । नेपालमा नै धेरै समय रहे ।

‘यती’को सहयोगमा आरोहणको सहजताले गर्दा वैशाख ३१, २०१७ मा धौलागिरि हिमालको आरोहण सफल भयो । स्विस पर्वतारोही म्याक्स इज्लिनको नेतृत्वमा बनेको आरोहण टोलीका अस्ट्रियन पर्वतारोही कुर्ट डियमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट र दुई शेर्पा निमा दोर्जे र नवाङ दोर्जे गरी ६ जना धौलागिरिको शिखरमा पुग्न सफल भए ।

यस सफल आरोहण पछि शाही नेपाल विमान सेवाले तीन वटा पिलाटस विमान खरिद गरे । नेपालको हिमाली क्षेत्रमा रहेका छोटो विमानस्थलको लागी यो विमान वरदान साबित भयो । तर कठिन उडानमा उडिरहनु पर्ने विमानको दुर्घटना पनि असम्भव थिएन । विमान एकाएक गरेर सबै दुर्घटनामा ध्वस्त भयो ।

‘यती’ केवल धौलागिरि आरोहणको लागी मात्र होइन अन्य हिउँले भरिएका क्षेत्रका लागी पनि धेरै नै उपयोगी सिद्ध भयो । पि-६ विमान अलास्का, क्यानडा, न्यूजिलैण्ड लगायतका देशमा अत्यधिक उपयोग भयो ।

धम्पुस पासमा दुर्घटनाग्रस्त’यती’को अवशेष पनि करिब ३५ वर्ष पछि स्विट्जरल्याण्ड लगिएको थियो । अहिले सो विमान त्यहाँको सङ्ग्रहालयमा सजाएर राखिएको छ । विमानको अगाडी यतीको प्रतिमूर्ति बनाइएको छ ।

‘यती’को कथा

सन १९३९ मा स्थापना भएको पिलाटस कम्पनीले पि-१ देखी पि-५ मोडलका साना विमानहरू बनाइसकेका थिए । सन १९५९ को मे महिनामा पि-६ डिजाइनको विमानले नयाँ प्रयोग गर्यो । छोटो दुरीमा उडाउन र झार्ने सकिने क्त्इी प्रविधिको विमान तैयार भयो । यसको सम्भाव्य अध्ययन विस्तृतमा गर्न बाकी नै थियो ।

यही समय स्विस पर्वतारोही तथा सौखिन पाइलट म्याक्स इज्लिनले धौलागिरि आरोहणको तैयारी गर्दै थिए । अचानक उनको दिमागमा कठिन यात्रामा पिलाटस कम्पनीको विमान भाडामा लिन सोचेका थिए विमान कम्पनीलाई नयाँ विमानको परीक्षण गर्नु पर्ने हुँदा सहजतापूर्वक विमान कम्पनीले विमान निःशुल्क उपलब्ध गराइदिने घोषणा गरे ।

यस पछि हिमाली क्षेत्रका लागि सफल रहेको विमान पिलाटस पोर्टर शाही नेपाल विमान सेवाले तीन वटा खरिद गर्यो । वैशाख २३, २०१७ मा धौलागिरि आरोहणको सामग्री ढुवानीको क्रममा धम्पुस पासमा दुर्घटना भएको’यती’पिलाटस पोर्टर पि-६ पछि शाही नेपाल वायु सेवा निगमले खरिद गरेको पिलाटस पोर्टरको अन्य दुर्घटनाहरू भए ।

यसको एघार महिना पछि विमान २०१७ फागुन २६ मा सामान्य दुर्घटना भयो । भदौ १०, २०१९ मा पिलाटस पोर्टरको विमान ढोरपाटन नजिकै दुर्घटना भयो । जसमा डा. मोहनमणि दीक्षित सहित ६ जनाको मृत्यु भएको थियो । शाही नेपाल वायु सेवा निगमकै डिसी ३ विमान दुर्घटनाग्रस्त भए पछि जाँचबुझको लागी गएका डाक्टर, प्रहरी अधिकृत तथा भारतीय विज्ञको साथ पाइलटको पनि मृत्यु भएको थियो ।

२०२३ माघ २६ मा पनि पिलाटसको अर्को दुर्घटना भएको थियो । तर कसैको हताहत भएन । २०३१ को चैत १८ मा काठमाडौमा भएको दुर्घटनाले भने सगरमाथा आरोही एडमण्ड हिलारीको श्रीमती लुज हिलारी तथा छोरी बेलिन्डा हिलारी सहित ५ जनाको मृत्यु भयो ।

यसपछि मङ्सिर ४ , २०३८ मा विराटनगर मा भएको दुर्घटनामा १० जनाको मृत्यु भयो भने मङ्सिर ३, २०५५ मा भएको नाम्चेमा भएको दुर्घटनामा पाइलटको मृत्यु भएको थियो । यसरी नेपालको सबै पिलाटस पोर्टर विमान दुर्घटनाका साथ सकिए ।

यसरी नेपालमा पिलाटस पोर्टर’यती’ भित्रिएको ५० वर्ष पछि २०६७ असारमा अर्को यती (यती एयरलाइन्स)ले नेपालमा दुई वटा पिलाटस पोर्टर भित्राएको थियो ।

‘यती’ केवल धौलागिरि आरोहणको लागी मात्र होइन अन्य हिउँले भरिएका क्षेत्रका लागी पनि धेरै नै उपयोगी सिद्ध भयो । पि-६ विमान अलास्का, क्यानडा, न्यूजिलैण्ड लगायतका देशमा अत्यधिक उपयोग भयो ।

धम्पुस पासमा दुर्घटनाग्रस्त’यती’को अवशेष पनि करिब ३५ वर्ष पछि स्विट्जरल्याण्ड लगिएको थियो । अहिले सो विमान त्यहाँको सङ्ग्रहालयमा सजाएर राखिएको छ । विमानको अगाडी यतीको प्रतिमूर्ति बनाइएको छ ।

‘यती’ सँगसँगै यसका पाइलट एमिल विकको योगदान पनि नेपालका लागि वरदान साबित भयो । धौलागिरि सफल आरोहणमा उनले कठिन परिस्थितिमा पनि’यती’को सफल उडान गरेको तथा यसको लगत्तै नेपालले पिलाटस कम्पनीसँग तीन वटा पिलाटस कम्पनीको पिसी-६ विमान खरिद गरेको हुँदा पाइलट तालिमका लागि एमिल विकलाई नै पिलाटस कम्पनीले नेपाल पठाए ।

शाही नेपाल वायुसेवा निगममा प्रशिक्षकका रूपमा जागिरे भएका एमिल विक २०४४ सालसम्म नेपालमा नै रहे । साठी वर्ष उमेर पुगेका कारण उनले जागिरबाट अवकाश पाए पछि स्विटजरल्याण्ड नै फर्के । अन्ततः २०५७ को असोजमा ७४ वर्षको उमेरमा एमिल विकको स्विटजरल्याण्डमा नै निधन भयो ।

पिलाटस कम्पनीले पनि आफ्नो पिसी-६ विमानको ६३ वर्ष लामो इतिहासलाई सदाका लागि विश्राम दियो । सन २०१७ मा कम्पनीले पिसी-६ विमानको सदाका लागि उत्पादन नहुने घोषणा गर्यो । कम्पनीले ६०३ पिलाटस पोर्टरको पिसी-६ विमान बनाएको थियो । अहिले पनि विश्वमा पिलाटसको २९५ वटा पिसी-६ विमान विश्वभरको आकाशमा उडिरहेको छ ।

Leave a Reply