म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरबाट वेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।

 

आरोहीको सामान बेसक्याम्प जाने क्रममा बाक्लो हिमपातका कारण पाँच हजार मिटर उचाईमा रहेको फ्रेञ्च पासमासिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको हो । गत असोज २० गते देखि वेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले बताए।

‘हिउँले पुरिएको अवस्थामा शब भेटिएको थियो,‘आवश्यक प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाइने छ’ शेरचनले भने । नेपाली सेनाको हेलिकप्टरले लामाको शव आजै काठमाडौ लगेको थियो । पर्यटन ब्यवसायी शेरचन सहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव निकालेका थिए ।

काठमाडौको फोर सिजन टे«किङ एजेन्सी कम्पनी मार्फत विदेशी पर्यटक लिएर धवलागिरी आधार शिविर पुगेका लामा वेपत्ता भएका थिए । एक्कासी बेपत्ता भएपछि खोजीकार्य गर्दा समेत फेला परेको थिए। अचानक आएको हिमपहिरोका कारण सोही समयमा आरोही, पदप्रर्दशक, मजदुरसँगै सामान ढुवानी गर्ने घोडाखच्चड समेत फसेको थियो । संसारको सातौं (८,१६७) मिटर अग्लो हिमालमा बर्षेनी आरोही, पदप्रर्दशक र मजदुरले यात्राको क्रममा ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply