बेनी—म्याग्दीको बेनी अस्पतालमा हाडजोर्नीको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शुक्रबारबाट नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयाेगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा चार दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविर सुरु भएको हो ।

नेपाल अर्थोपेडिक्स अस्पतालमा निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरुसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा निःशुल्क हाडजोर्नी शल्यक्रिया गर्नेछ । साथै, चिकित्सकहरुको टोलीले अन्य हाडजोर्नी सम्बन्धि ओपीडी सेवा पनि दिनेछ ।

निर्देशक डा. भण्डारीकाअनुसार ५० देखि ६० जनाको निःशुल्क शल्यक्रिया र १ हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको छ । शिविरलाई  मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको छ । शिविर २९ बैशाख देखी १ जेठ सम्म चल्ने छ ।

Leave a Reply