वैदेशिक रोजगारीको सिलसिलामा युएईमा ज्यान गुमाएका एक म्याग्देलीको उपचारमा लागेको खर्चमा मोना यूएईले सहयोग गरेको छ । म्याग्दी जिल्ला रघुगंगा गाउपालीका–३ पिप्ले घर भई ४ वर्षदेखी वैदेशिक रोजगारीको सिलसिलामा युएईमा अचानक बिरामी भई भर्ना भएका स्व. रिजन मल्लको सहयोगार्थ संकलन गरिएको आर्थिक आफन्त सविन चन्दमार्फत २ लाख ५४ हजार ८५६ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

मोना युएईका अध्यक्ष सुवास राम्जालीका अनुसार कम्पनीमा अचानक अचेत भेटिएपछि अस्पातलमा लागेका २५ हजार दिराम तिर्ने बताए। अचेत अवस्थामा अस्पतालमा भर्ना गरेका अदी शाहीको परिचय सहितको कागजात बिल भरपाई चुक्ता नगरेपछि दिन नमिल्ने अस्पतालले अडान लिएपछि उपचारमा खर्च भएको रकम बुझाउन प्रयोग गरिएको अध्यक्ष राम्जालीले बताए ।

‘सहयोगदातालाई हार्दिक धन्यवाद,‘यो प्रक्रियामा सबैको साथ र सहयोगप्रति आभार प्रकट गर्दछु’ अध्यक्ष राम्जालीले भने । एउटा नेपालीको दुःखमा अर्को म्याग्देलले सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मोना यूएई अगाडी बढेको छ । यसैबीच तत्कालिन समयमा मृतकको शव नेपाल पठाउन समेत मोना यूएईले आवश्यक पहल गरेको थियो ।

Leave a Reply