म्याग्दीको बेनी नगरपालिका क्षेत्रका बालबालिकाहरुले बालअधिकार सुनिश्चितताको मागसहित आफ्नो
मागपत्र बुझाएका छन् । बेनी नगरपालिकाद्वारा आयोजित बाल क्लब र बाल सञ्जालको क्षमता विकास तालिमकासहभागीहरुले बाल अधिकारको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

शुक्रवार तालिमको अवसरमा बाल क्लब र बाल सञ्जालमा आबद्ध बालबालिकाहरुले बाल अधिकारसँग
सम्बन्धित विभिन्न १४ वटा मागहरु समावेश गरी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेलाई
बुझाएको जानकारी गराएका छन् ।

मागपत्रमा बेनी नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउनकालागि आवश्यक नीति, ऐन, योजना र कार्यक्रम तर्जुमा गर्न माग गरिएको छ ।यसैगरी बेनी नगरपालिकाले उपयुक्त स्थानमा बाल उद्यान स्थापना गर्न र सञ्चालनमा सघाउनुपर्ने जनाइएको छ भने अभिभावकहरुलाई घरेलु हिंसा र बाल अधिकारको सम्बन्धमा तालिम दिने र सचेतीकरण गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

त्यस्तै बालबालिकाहरुको क्षमता पहिचानका लागि वार्षिक तालिकाकोआधारमा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, समाजमा बढ्दै गैरहेको बालविवाहलाईशुन्यमा झार्न सचेतना र जागरणमूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने ध्यानाकर्षण गराइएको छ।

समुदाय र संस्थागत तहमा हिंसा न्युनीकरण गर्नको लागि तालिम र कार्यशालाको आयोजना गर्नुपनेर्
, कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गीण विकास गर्न नगरपालिकामा बालविकास कोष स्थापना गरीपरिचालन गर्नुपर्ने जनाइएको छ । नगरपालिका क्षेत्रमा विद्यमान संरचनाहरुको मर्मतसम्भार र नयाँसंरचनालाई प्रयोगकर्तामैत्री बनाउनुपर्ने बालबालिकाहरुको माग रहेको छ ।

त्यसैगरी बालबालिकाहरुकोलागि योग शिविर सञ्चालन, बालिका तथा किशोरीहरुका लागि महिनावारी स्वच्छता व्यवस्थापन, बाल क्लब गठननभएका स्थानमा बाल क्लबहरु गठन गनुपर्नेलगायत बालबालिकासम्बन्धी मागपत्रसहित नगरपालिकामा बुझाइएको छ ।

मागपत्र बुझ्दै बेनी नगरपालिकाको उपप्रमुख लामिछानेले बालबालिकाहरुको माग सम्बोधनका
लागि आफू र नगरपालिका प्रतिबद्ध रहेको बताएकी छन् । उनले बालबालिकाले उठाएको मागलाई
आउँदो आवको वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताइन् ।

Leave a Reply