नेपाललाई किन बीर गोर्खालीको देश भनिन्छ ? यस्तो छ कारण जानी राखौ ! हिटलरले भनेका थिए “यदि म संग गोर्खाली थिए भने, कुनै पनि देशका सैनिकले मलाई हराउन सक्दैन थिए ।” बिन लादेनले भनेका थिए “यदि मसंग गोर्खाली सेना भएको भए अमेरिकालाई काचै खाइदिन्थे ।” एक पाकिस्तानी सैनिक जनरलले भनेका थिए “यदि मेरो पक्षमा गोर्खाली सेना भैदिएको भए, नयाँ दिल्लीमा आनन्दले डिनर गर्थें ।” एक भारतीय भू.पु. सैनिक प्रमुख Sam Manekshaw ले भनेका छन् “यदि कुनै मान्छे मर्नबाट डराउदिन भन्छ भने, कि त्यो मान्छे झुटो बोल्दैछ कि त्यो गोर्खाली हुनुपर्छ ।” पहिलो विश्वयुद्धमै गोर्खाली वीरता देखेपछि जर्मन सम्राट कैजर विलियम (द्वितीय)ले भनेका थिए “म मेरा प्यारा सैनिकलाई संसारका कुनै पनि सेनासँग लडाउन रत्तिभर डर मान्दिनँ तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ ।” बेलायती राजकुमार चाल्र्सले  भनेका थिए “संसारमा एउटा स्थानमा मात्र सुरक्षित भएको अनुभब गर्न सकिन्छ जहाँ वरिपरि गोर्खाली सेना हुन्छ ।”

हामी नेपाली बहादुर र साहसी भएर बीर गोर्खाली भनेर विश्वमा चिनिएका छौ । नेपालको इतिहासलाई फर्केर हेर्दा यो देशमा कुनै पनि शक्तिले आफ्नो सांम्राज्य खडा गर्न सकेन नत कुनै संम्राज्यबादी शक्तिहरूसंग घुडा टेक्न बाध्य हुनुर्पयो । एसियामा कसैको पनि उपनिवेश नभएका दुई देशहरु नेपाल र थाइल्याण्ड हुन् । त्यसैले नेपालको गर्विलो इतिहास विश्वसामु उपस्थित छ । गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू नेपाली आर्मी, भारतीय आर्मी, गोरखा रेजिमेन्ट र ब्रिटिश आर्मीको गोरखा ब्रिगेजको लागि पनि खुबै छानिन्छन् ।

गोर्खालीहरूलाई ब्रिटिश भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दिएका थिए । उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्मनिर्भर हुन्छन, भौतिक रूपमा बलिया र फुर्तीला, सुब्यवस्थित हुन्छन, लामो समयसम्म कडा मेहनत गर्ने, हठी योद्धा हुन्छन् गोर्खालीहरू।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपश्चात सन् १८१४ मा नेपाल आक्रमण गर्ने शक्तिशाली अंग्रेजी सेनाको घाँटीमा धारिलो खुकुरी प्रहार गरी नेपाल राष्ट्रको अस्तित्व रक्षा गर्ने वीर नेपाली सेनाहरु नै थिए । यसरी अंग्रेजहरुसँगको लडाईमा वीर नेपाली सैनिकहरुले कुशल नेतृत्व गरेर गोर्खाली वीरताको उत्कृष्टता प्रदर्शन गरे । सैनिक भेटघाटमा पनि जय गोर्खा भन्ने गर्विलो शब्द प्रयोग हुन थाल्यो । खुकुरी, धनुषवाण, गुलेली र भरुवा बन्दुकको भरमा हाम्रो वीर गोर्खाली सेनाहरु वीरतापूर्वक लडाई लडी विश्वकै उत्कृष्ट वीर सैनिकको रुपमा आफ्नो पहिचान गराए ।

अन्ततः वीर नेपाली सेनाहरुमाथि विजय प्राप्त गर्न नसकेपछि अंग्रेजी सेनाहरुले कायरतापूर्वक नालापानीको मुहान काटी दिए । पानी मात्र पिएर हप्तौंसम्म लडेका नेपाली वीर सेनाहरुको वीरताको अद्भूत बहादुरी देखेर अंग्रेजी सेनाले नेपाली सेनालाई Brave Gurkha को नामले संबोधन गर्न थाल्यो । दुवै विश्व युद्धमा भूगोलको पल्लो छेउसम्म लड्न पुगेका वीर गोर्खाली सन् १९१५ मा फ्रान्स, टर्की, परसिया, प्यालेष्टाइन, मेसोपोटानिया, मलेसिया, ईण्डोनेसिया, सिङ्गापुर, बोस्नीया, इराक, अफगानिस्थान, इष्ट टिमोर आदि देशहरुमा पनि बहादुरीको सशक्त एवं सानदार परिचय दिएका थिए । यसरी नै आज हाम्रो देश नेपाल अन्तर्राष्ट्रिय जगतमा वीर गोर्खालीहरुको देश भनेर चिनिन्छ ।

Leave a Reply