घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको मालिका गाउँपालिका–३ रुमकी तमकुमारी पुन रोकाको उपचारमा आर्थिक समस्या देखिएपछि आइसियूबाट जनरल वार्डमा सारिएको छ ।

गएको बैशाख २६ गते करिब ४ बजे घाँस काट्ने क्रममा चिप्लिएर करिब ३० मिटर तल झरेकी तमकुमारीको शरीर र टाउकोमा गम्भीर चोट लागेपछिपोखराको गण्डकी मेडिकल कलेजमा बैशाख २७ गते भर्ना भएकी बिरामीले पैसा तिर्न नसकेपछि आइसियूबाट जनरल वार्डमा सारिएको तमकुमारीका श्रीमान बिकल रोकाले बताए ।

‘श्रीमतीलाई आवश्यक पर्ने खर्च जुटाउनै सकेको छैन्,‘आर्थिक अभावले धेरै समस्या भएको छ’ श्रीमान रोकाले भने । आइसियूमा लाग्ने खर्च जुटाउन नसकेपछि जनरल वार्डमा राखिएको उनले बताए । उनले उपचारमा आवश्यक पर्ने औषधी समेत किन्न नसकेको बताए ।

श्रीमतीलाई झन् गाहे भएकाले आर्थिक जुटाउन नसकेको उनले बताए । कृषि पेशामा संलग्न बिकलको एउटा छोरा र ८ महिनाको छोरी छन् । उपचारमा आर्थिक समस्याका बारेमा जानकारी पाएपछि अन्य विरामीले संकलन गरी १३ हजार हस्तान्तरण गरेका थिए । घाईते तमकुमारीको न्युरो सर्जरी गर्नुपर्ने चिकित्सकले सुझाव दिएपनि आर्थिक अभावका कारण रोकिएपछि सहयोगको याचना गरिएको छ ।

सहयोग र जानकारी का लागी
फोन नम्बर ः– ९८६६१३८२४०
ः–९८६६०६८५६४

Leave a Reply