राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संघको ४३ औं स्थापना दिवसको अवसरमा बेनी नगरपालिका ५ चुत्रेनीमा अवस्थित विद्यालयमा अध्ययन गर्ने १९ जना वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई पोसाक र खेलकुद सामग्री सहयोग हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ म्याग्दीका सचिव सुसन किसानले जानकारी दिनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्ति मगरले उक्त सामग्री विद्यालयको प्रधानाध्यापकको रोहवरमा विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक कार्य गरि स्थापना दिवस मनाउने संघको निर्णय अनुसार विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई विद्यालय पोसाक र खेलकुद सामग्री सहयोग गरिएको अध्यक्ष घर्तिले बताउनुभयो । उहाँका अनुसार २४ हजार रुपैयाँ बराबरको पोषाक १९ सेट र ९ हजार बराबरको भलिबल फुटबल लगायतका खेलकुद सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी म्याग्दी का अध्यक्ष कटुवाल र विशिष्ट जिल्ला कमिटी उपाध्यक्ष सुबेदीले युवा संघले रचनात्मक कार्यक्रम गरि स्थापना दिवस मनाएकोमा प्रशंसा गर्नुभयो। आगामी दिनहरुमा पनि सामाजिक गतिविधिहरुमा सक्रिय रहन आग्रह समेत गर्नुभयो । युवा संघ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संघका अध्यक्ष घर्तिको अध्यक्षता र सचिव किसानको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply