बेनी फुटबल क्लब, जापान (बेनी एफसी) को आयोजनामा तेश्रो बेनी एफसी फुटसल प्रतियोगिता जापानको ओसाका शहरमा सम्पन्न हुने भएँको छ ।

जुलाईको १५ तारिक शनिबारको दिन सम्पन्न हुन लागेको प्रतियोगितामा जापानका प्रतिस्थित क्लबको सहभागीता रहने आयोजकले जनाएको छ । गत वर्ष सम्पन्न प्रतियोगिता भन्दा ब्यबस्थापन थप मजबुत बनाउने र करिब ३० वटा क्लबको सहभागीता रहने क्लबका संयोजक मनोज बानियाँले जानकारी दिनु भयो ।

प्रतियोगीतामा प्रथम पुरस्कार ३ लाख ६० हजार तथा द्वितीय पुरस्कार १ लाख ९० हजार राखिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट दिफेन्डर तथा सर्वाधिक गोलकर्तालाई ट्रफि र नगद पुरस्कार सहित सम्मान गरिने छ ।

कार्यक्रम पश्चात बचेको रकम म्याग्दी जिल्लाको कुनै सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्य रहेको संयोजक बानियाँले बताउनुभयो । खेल सम्पन्न गर्न जापानमा रहेका नेपाली संघ, सस्थासंग आर्थिक सहयोग तथा समन्वयका लागी क्लवले अनुरोध गरेको छ । कमल बानियाँ

Leave a Reply