आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा रोजगारको सिलसिलामा कतारमा रहेका एक म्याग्देलीले अस्पतालमा अलपत्र परेकी एक महिलाको उपचार सहयोग गरेका छन् ।

मोना कतारका पूर्व अध्यक्ष एवम् कतारमा पत्रकारिता क्षेत्रमा समेत संलग्न म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ भगवती निवासी तिलु शर्मा पौडेलले घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएकी म्याग्दीको मालिका गाउँपालिका–३ रुमकी तमकुमारी पुन रोकाको उपचारमा १५ हजार सहयोग गर्नुभएको छ ।

आर्थिक समस्या देखिएपछि आइसियूबाट जनरल वार्डमा सारिएको खवर सुनेपछि उहाँले आफ्नो जन्मदिनका कुनैपनि खर्च नगरी तमकुमारीको उपचारमा सहयोग गरेको बताउनुभयो । ‘एक म्याग्देली चेली अस्पतालमा छट्पटाइरहेको खवरले स्तब्ध भए,‘जन्मदिनमा फजुल खर्च गर्ने चलन छैन,‘धर्तीमा पाइला टेकेको दिन पीडितलाई सहयोग गर्ने गरेको छु’ मोना कतार बहुउदेश्यीय अक्षय कोषका सचिव समेत रहनुभएका शर्माले भन्नुभयो ।

गएको बैशाख २६ गते करिब ४ बजे घाँस काट्ने क्रममा चिप्लिएर करिब ३० मिटर तल झरेकी तमकुमारीको शरीर र टाउकोमा गम्भीर चोट लागेपछि पोखराको गण्डकी मेडिकल कलेजमा बैशाख २७ गते भर्ना भएकी बिरामीले पैसा तिर्न नसकेपछि आइसियूबाट जनरल वार्डमा सारिएको समाचार बेनी अनइनलाइले प्रकाशित गरेको थियो ।

प्रवासमा रहेका विभिन्न सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहनुहुने शर्माले विगत १ दशकदेखि जन्मदिनमा असहाय अपाङ्घ तथा चरम गरिबीसँग जुधेका विपन्नको उपचार, अभिभावबिहिन बालबालिका लगायत अन्य सामाजिक कार्यमा सहयोग गर्ने गर्नुभएको छ । सहयोगदाता शर्मा सामाजिक संस्था, सांगितिक क्षेत्रका साथै पत्रकारिताको माध्यमबाट कतारमा चिनिनुभएको छ ।

 

Leave a Reply