काठमाडौं घुमाउन लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पु¥याई बेचबिखन गरेको अभियोगमा म्याग्दीकी एक यूवती पक्राउ परेकी छन् ।

नेपालका विभिन्न स्थानमा घुमाउने र होटलमा काम लगाउने तथा बाँकी समय घरमा घरायसी काम गर्नुपर्ने, त्यस बापत राम्रो कमाई हुन्छ भन्दै भारतको आसाम पु¥याई युवती बेचबिखन गरेको आरोपमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

एलिनाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएर विभिन्न ठाउँ हुँदै भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेकी थिईन् ।

उनले विगतमा समेत भारतका विभिन्न कोठीहरुमा पु¥याई पटक पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो ।

‘सोझा महिलालाई सधै निसाना बनाइएको देखियो,‘उनीहरुको कनेक्सन खोज्दैछौ’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा आजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जनाको संलग्नता रहेको खुलेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार खत्रीले देशका विभिन्न जिल्लाबाट धेरै नेपाली युवतीलाई त्यहाँ पु¥याएको प्रहरी अनुसन्धानमा खुलेको बताए । पक्राउ परेकी एलिनामाथि यसअघि पनि मानव बेचबिखन मुद्दा दायर भइसकेको छ ।

गत पुसमा उनी झापामा पक्राउ परेकोमा अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन्। उनका श्रीमान् भारतीय नागरिक अजित साह पनि मानव बेचबिखन मुद्दामै झापाको कारागारमा छन् । खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ ।

मानवतस्कारमा संलग्न खत्रीको म्याग्दीको कनेक्सनका बारेमा समेत प्रहरीले खोजी गरिरहेको छ । उनले आर्कषक जागिरको प्रलोभनमा यूवतीलाई बिक्री गर्ने गरेको जानकारी पाएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

यसैबीच भारतमा कोठी (यौनगृह) सञ्चालन गर्ने बेनी नगरपालिका–३,भकिम्ली ठोट्नेरीका जसबहादुर श्रीष समेत फरार छन् । विपन्न परिवारका युवती, विवाहित र पारपाचुके गरेका महिलालाई आर्कषक जागिरको प्रलोभनमा मानवतस्कर श्रीषले सिमापारी लैजाने गरेका श्रीषले कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने महिलासँग सम्बन्ध जोडिएपछि लाइट’ क्षेत्रमा कोठीमा बिक्री गर्ने गरेका थिए। उनले म्याग्दीकै एक महिलालाई बिक्री गरेपछि यो घटना सार्वजनिक भएको थियो ।

गत बर्षको माघ ४ गते मोटरसाईकलमा पुगेको म्याग्दी प्रहरीको टोलीले मुख्य अभियुक्त जसबहादुर र उनीकी श्रीमती र छोरी रेखा चन्द मगर लाई लिएर स्थानीय सवारीसाधनबाट बेनी आउँदै गर्दा बिरामीको बाहना बनाएर बनाएर एक्कासी प्रहरीमाथि नै हातपात गरी भागेको थिए।

वि.सं २०६२ को पुस महिनामा पीडित महिलालाई दिल्लीमा लगेर बिक्री गरिएको थियो । पीडित महिला नेपाल आएपछि उनले गत ९ मंसिरमा ब्युरोमा जाहेरी दिएकी थिइन्। मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न खत्री र श्रीषलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार २० वर्ष कैद सजाय हुन्छ।

Leave a Reply