File: Carlos Soria in Khumbu region. Courtesy: Luis M L Soriano

प्रतिकुल मौषस र दुर्घटनामा परेपछि स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल आरोहण गर्ने सपना अधुरै रहने भएको छ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा पर्ने ८ हजार १ सय ६७ मिटर हिमालको चुचुरोमा पुग्ने क्रममा अचानक दुर्घटनामा परेपछि १३ औँ प्रयास असफल भएको हो ।

चुचुरोमा पुग्ने क्रममा तेस्रो क्याम्पबाट उक्लने क्रममा अचानक दुर्घटनामा परेपछि गाईडले तेस्रो क्याम्पमतर्फ ल्याउने बताइएको छ । सन् १९९८ मा पहिलो पटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो । क्याम्पस तेस्रोसम्म पुगेका कार्लोस अचानक प्रतिकुल मौषसमका कारण रोकिएका थिए ।

‘धेरैपटक धौलागिरी हिमालले अस्वीकार गरेकाले यसपटक गन्तब्यमा पुगेर फर्किने भन्दै कार्लोसले निकै मेहनत गरेका थिए,‘उनको जीवनको यो आरोहण नै अन्तिम हुनेछ’ उनको फेसबुकमा लेखिएको छ । मंगलबार मात्रै उनले आफ्नो फेसबुकमा ७ हजार २ सय मिटर उचाईमा पुगेको र मिकेल शेर्पा सहितको टोलीबाट राम्रो साथ भएको उल्लेख गरेका छन् ।

गत वर्ष कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्कीएका थिए । उनले धौलागिरीको चुचुरोमा पुगेपछि आफ्नो हिमाल आरोहणको यात्रा विश्राम नजिक पुग्ने भन्दै यसपटक अनुकुल समय र स्वास्थ्यले समेत साथ दिएको बताएका थिए ।

पछिल्लो केहीदिन यताको प्रतिकुल मौषमका कारण आरोहणमा निस्किएका आरोहीलाई समस्या भएको छ। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा आरोहणमा निस्किएको पासाङ शेर्पाले जानकारी दिए ।

सन् २००१ मा सगरमाथा आरोहण गरेका कार्लोसले नेपालकै चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड भने बनाएका छन् । १४ वटा अग्ला हिमालमध्ये २ वटा म्याग्दी सहित नेपालमा ८ वटा पर्दछ ।

त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा ज्येष्ठ नागरिकले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड छैन् । यसपटक घाईते भएका कार्लोसको अवको आरोहणका बारेमा भने अर्कोपटक हुने नहुने निश्चित छैन् । दुर्घटनामा परेका कार्लोसको अवस्था खतरामुक्त रहेपनि थप खुलाइएको छैन् ।

Leave a Reply