म्याग्देली कलाकार काठमाण्डौको साझा संस्था म्याग्दी कालाकार संघ नेपालको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी गायिका लाली बुढाथोकी अध्यक्षमा चयन हुनुभएको छ ।

काठमाडौमा स्थायी रुपमा बसोबास गरी संगीतको विभिन्न विधामा सक्रिय म्याग्देली कलाकारहरुको साझा संस्था संघको बरिष्ठ उपाध्यक्षमा मिना गर्बुजा, प्रथम उपाध्यक्ष दिलकुमारी गर्बुजा, द्धितिय उपाध्यक्ष कृष्ण परियार, तृतिय उपाध्यक्ष दिपक शर्मा,कल्याणकारी कोष संयोजक जालमायाँ बुढाथोकी, सचिव प्रकाश दुतराज, महिला सचिव बिमला श्रीष, सम्पर्क सचिव निरुता पुन, कोषाध्यक्ष पूर्ण थापा र सहकोषाध्यक्ष कुमारी चेपाङ सहित ३५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

अधिवेशन तथा साधारणसभाको संघका संरक्षक बरिष्ठ लोकदोहोरी गायक खड्ग गर्बुजाले उद्घाटन गदैं म्याग्दी जिल्लालाई गीतसंगीतबाट चिनाउन संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।  नवनिर्वाचित अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा म्याग्देली कलाकारको प्रोत्साहनमा विभिन्न कार्यक्रम तथा समस्यामा परेका कलाकारलाई समेत सहयोग सहित विभिन्न योजना बनाउने बताउनुभयो।

नवनिर्वाचित टोलीलाई निर्वाचन मण्डलका संयोजक संघका संस्थापक अध्यक्ष राजन भुजेल,सल्लाहकार धनलाल जैसी, अग्रज गायक राम जुग्जाली, सल्लाहकार बलभद्र ढकाल,यु बहादुर मल्ल,कल्याणकारी कोष संयोजक तथा सल्लाकार जालमायाँ बुदाथोकी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

 

Leave a Reply