म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको अन्नपूर्ण पदमार्गमा सानो आकारको ‘रोडोडेन्ड्रन कोवानियनम’ प्रजातिको गुराँस भेटिएको छ ।

नेपालका पहिलो हिमाल आरोही मौरिस हर्जोगको नामबाट राखिएको पदमार्ग हुँदै अन्नपूर्ण प्रथम हिमालको आरोहण र अवलोकनका लागि जाने पदमार्ग आसपासमा ढकमक्क फुलेको यो गुराँस नेपालको रैथाने गुराँस प्रजातिको नेपालमा पाइने ‘फुच्चे गुराँस’को नामले समेत चिनिन्छ ।

समुन्द्री सतहको २८ सय ८३ मिटर उचाइ हुमखोलादेखि ३५ सय ५३ मिटरसम्मको उचाइ भुस्केटमेलाको पाखामा भेटिएको यो एक झाडीधार वनस्पतिमा धवलागिरि हिमालको आसपास क्षेत्रसम्मका ३ हजारदेखि ४ हजार मिटरसम्मको उचाइमा पाइने अभिलेख छ ।

अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुने वनस्पतिविद् कमल मादेनको भनाई छ । आधा मिटरदेखि ३ मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पात सँगै निस्कन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौंजस्ता स–साना भागहरू देखिन्छन् ।

वनस्पतिविद् मादेन यसअघि यो प्रजातिको गुराँसको पात मात्रै खिचेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४बाट फर्किएका थिए । सन् २०१९मा उनले फेला परेको दाबी गरे पनि फूलको तस्बिर थिएन । त्यतिबेला उनले पात चिनेकै आधारमा नयाँ प्रजाति भएको बताएका हुन् ।

यता अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले नयाँ प्रजातिको गुराँस पहिलोपटक देखेको बताउँदै आवश्यक संरक्षणमा पहल गर्ने बताए ।‘यो गुराँसका बारेमा थप जानकारी लिन्छौ, संरक्षण र अन्य ठाउँमा समेत फैलाउन सकिन्छ भन्नेर बुझ्नेछौ’ सु्बेदीले भने । अन्नपूर्ण गाउँपालिकामा समेत यसअगाडी लोपउन्मुख गुराँसको पहिचानका बारेमा चर्चा भएको थियो ।

फ्रेन्च नागरिक रेने डी मिल्लेविल्लेले सन् २००२ मा द रोडोडेन्ड्रन्स् अफ नेपाल र केशवराज राजभण्डारी र मार्क एफ वाट्सनले गुराँससम्बन्धी लेखेको पुस्तक ’द रोडोडेन्ड्रन्स् अफ नेपाल– सन् २००५’ लाई हाम्रो वनस्पति विभागले प्रकाशन गरेको थियो । उक्त पुस्तकमा नेपालमा पाइने दुई रैथाने गुराँस प्रजातिमध्ये लगायत केही दुर्लभ प्रजातिको समावेश छ। म्याग्दीमा सानाठूला धेरै गुराँसका जंगल छन् । म्याग्दीमा नेपालमा ३३ प्रजाति पाइन्छन् ।

Leave a Reply