---Advertisement---

बेनीको न्यूरोडमा २० लाख लगानीमा ‘कफी सफ’ संचालन

On: May 24, 2023 11:38 AM
Follow Us:

म्याग्दीको बेनी बजारमा एक युवाले २० लाख लगानीमा कफी सप संचालनमा ल्याएउनुभएको छ । जिल्लाको मंगला गाउँपालिका–४ बंरजाका दुर्गा कंडेल (डिएल कंडेल)ले बैदेशीक मोह त्यागेर बेनी नगरपालिका–७ न्यूरोडमा पि एण्ड पि बेकरी एण्ड क्याफे संचालनमा ल्याउनुभएको हो ।

पछिल्लो समय अधिकांश युवाहरुले वैदेशीक रोजगारीका लागि विदेशीने गरेको बेला कंडेलले आफ्नो ठाउँमा नै केही उद्यमशिलता गर्ने उद्देश्यका साथ क्याफे संचालन गरेको बताउनुभयो । उहाँले संचालन गरेको कफी सपमा सम्पूर्ण स्वादको कफी संगै बेकरी परिकार समेतको स्वाद लिन पाहिनेछ ।

उहाँले संचालन गरेको कफी सपमा ३ जना र बेकरीमा गरि ८ जनाले रोजगारी समेत पाएका छन् ।पछिल्लो समयमा बेनीमा कफी पारखी बढ्दै गएको तर कफीका लागी नै भनेर कुनै पनि सफ नभएकाले यसले केही भएपनि सहज हुने उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयो ।