म्याग्दीको अति विकट धवलागिरि गाँउपालिका वडा नं १ गुर्जामा २ दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । धवलागिरी गाँउपालिका र संगम म्याग्दीको संयुक्त आयोजनामा गाँउपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सयहोगमा जेठ ५ र ६ गते भएको उक्त शिविर सम्पन्न भएको हो

संगम म्याग्दीको सहसचिव सुनिता वेलवासेको अध्यक्षता, वडा नं १ गुर्जाका कार्यवाहक अध्यक्ष गुनराम छन्त्यालको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्यहरु सिता छन्त्याल र भविन्द्र छन्त्यालको विशिष्ठ आतिथ्यता तथा शिविरको उदेश्य एंव स्वागत मन्तव्य संगम म्याग्दीका सहकारी व्यवसायबिकास अधिकृत आनन्द प्रसाद रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन धवलागिरी गाँउपालिकाका कर्मचारी तारानाथ पौडेलले गर्नुभएको थियो ।

उक्त २ दिने पशुस्वास्थ्यशिविरमा ८९ परिवारका गोठ गोठमा गई आवश्यक परामर्श प्रदानगरिएको थियो। ५ जनापशु स्वास्थ्य प्राविधिकवाट २०३४ वटा पशु तथाचौपायाहरुको स्वास्थ्य जाँच गरि आवश्यक परामर्श उपलव्ध गराईएको जानकारी अधिकृत सुवास रेग्मीले जानकारी दिनुभयो । उक्तशिविरमा भेडा बाख्रा– १४५२, घोडा – ४८, भैसी – ११६, गाई – १५१, कुखुरा – २६७ को स्वास्थ्यजाँचगरि आवश्यकऔषधि समेत वितरण गरिएको गाँउपालिकाका लेखाप्रमुखश्री तिलकशंकर पौडेलल जानकारी दिनुभयो ।

धवलागिरी गाँउकार्यपालिका सदस्यभविन्द्र छन्त्यालले म्याग्दी जिल्लाकै विकट क्षेत्र गुर्जामा कार्यक्रमगर्ने स्थान छनौट गर्नुभएको मा संगम म्याग्दी र धवलागिरी गाँउपालिका पशु सेवाशाखा लाई विषेश आभार साथै यस्तै जनमुखी कार्यक्रमहरु ल्याउनलाई अनुरोध गर्नुभएको थियो ।

यस्ता शिविर कार्यक्रमले स्थानिय स्तरमै रहेर कसरी स्वस्थ तथा निरोगी पशुपाल नगर्ने र त्यस्ता निरोगी पशुचौपायको विक्रि वितरणवाट कृषकहरुको आम्दानी वढ्दै जाने र निरोगी पशुचौपायाको सख्या वड्दै जाने कुरा कार्यवहाक वडा अध्यक्षश्री गुनराम छन्त्यालले बताउनुभयो ।

Leave a Reply