म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बिस २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीमा बिषेश बजेटको ब्यवस्था मिलाउन समेत माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद गर्बुजाले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेट्न नहुने बारेमा समेत कारण माग्नुभएको छ । लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडक ७० किलोमिटर छोटो रहेको समेत बताउनुभयो ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि पहिलोपटक संसदमा बोल्नुभएका गर्बुजाले म्याग्दीको एक मात्रै अस्पताललाई प्रदेश सरकार मातहतमा राखेर म्याग्देली माथि अन्याय भएको बताउनुभयो । उहाँले बेनी अस्पतालको ठाउँमा म्याग्दी नामकारण गरी संघीय सरकार मातहतमा राख्न समेत माग गर्नुभयो ।सांसद गर्बुजाले बेनीबजारलाई संरक्षणमा रुपाताल परियोजनाबाट गम्भीर लापरवाही भएको बताउनुभयो ।

त्यस्तै प्राकृतिक उपचारस्थल तातोपानी कुण्डको संरक्षण र नदी कटानबाट जोगाउन सरकारको ध्यानार्कषण गराउनुभएको छ ।संसद गर्बुजाले बेनी–जोमसोम सडकखण्ड अन्तरगत जोखिम मानिएका स्थानमा प्राथमिकता दिएर स्तरउन्नतीको माग समेत गर्नुभएको छ ।

सडकखण्डमा अकालमा ज्यान जाने गरेको बताउँदै साँघुरो सडक स्तरउन्नतीको माग गर्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलकै क्रममा सांसद गर्बुजाले बेलायती सेनामा कार्यरत नेपालीलाई बेलायती सरह सेवासुविधाको मागका लागि समेत कुटनीतिक पहल गर्न समेत सरकार समक्ष माग गर्नुभएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलपछि बेनीअनलाइनसँग कुराकानी गदैं सांसद गर्बुजाले आगामी दिनमा थप अन्य समस्या सहित सरकारलाई नयाँ बजेटमा म्याग्दीका प्राथमिक योजनामा बजेटको माग सहित मन्त्रालयमा भेटघाट गर्ने बताउनुभयो ।

Leave a Reply