पछिल्लो समय हिमाली जिल्ला म्याग्दीमा विभिन्न प्रकृतिको हिंसाका घटनाहरुमा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय, स्थानीय न्यायिक समिति र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखामा आउने उजुरी तथा निवेदनको तथ्याङ्कअनुसार हिंसाका घटनाहरु बढेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको पछिल्लो ४ वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा पनि विभिन्न प्रकृतिका हिंसाको घटनामा वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसासम्बन्धी कुल २० वटा उजुरी दर्ता भएका थिए । तीमध्ये महिलासँग सम्बन्धित १९ र पुरुषपीडित भएको १ वटा रहेकोमा १७ वटा मिलापत्र भएका थिएभने बाँकी जिल्ला अदालत पठाइएको थियो ।

यसैगरी आर्थिक वर्ष ०७७÷७८ मा कुल ३८ वटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएकोमा महिला हिंसाका ३७ र पुरुषपीडित भएको १ वटा रहेकोमा ३६ वटा मिलापत्र गराइएको थियो भने बाँकी २ वटा उजुरी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष ०७८÷७९ मा कुल ४० वटा उजुरी दर्ता भएकोमा ३७ वटा महिला र ३ वटा पुरुषपीडित भएको उजुरी परेको थियो । यसमध्ये ३८ वटा मिलापत्र भएकोमा बाँकी २ वटा उजुरी जिल्ला अदालत म्याग्दीमा पठाइएको थियो ।

त्यसैगरी चालु आर्थिक वर्ष ०७९÷८० को हालसम्म कुल १७ वटा उजुरीहरु दर्ता भएकोमा १५ वटा महिलासँग सम्बन्धित उजुरी रहेका थिएभने २ वटा पुरुषपीडित भएको उजुरी परेको थियो ।

यी १७ वटा सबै उजुरीहरु मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँबरले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठनागरिकमािथ भएका घरेलु हिंसाबाहेक ठाडो उजुरी पनि दर्ता भएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा कुल २१ वटा उजुरी दर्ता भएकोमा ती सबै उजुरीहरु महिलासँग सम्बन्धित रहेको हुँदा मिलापत्र गराइएको थियो ।

आर्थिक वर्ष ०७७÷७८ मा कुल १७ वटा उजुरी दर्ता भएकोमा १६ वटा महिला र १ वटा ज्येष्ठ पुरुषपीडित भएको उजुरी दर्ता भएको थियो भने यी सबै उजुरी पनि मिलापत्र भएको प्रनाउ कुँबरले जानकारी दिए ।

आव ०७८÷७९ मा कुल ११ वटा उजुरी दर्ता भएकोमा ८ वटा महिला, २ वटा बालिका र १ वटा ज्येष्ठ पुरुषपीडित भएको उजुरी परेकोमा सबै मिलापत्र गरेर पठाइएको उनले बताए ।

चालु आव ०७९÷८० को हालसम्म कुल १३ वटा उजुरी दर्ता भएकोमा महिला हिंसाको १२ र बालिकामाथि हिंसा भएको १ वटा उजुरी परेकोमा १२ वटा मिलापत्र भएका छन्भने १ वटा उजुरी बाँकी रहेको छ । प्रहरीमा आउने उजुरीउपर आवश्यक अनुसन्धान गरी कारवाही गरिएको बताउँदै प्रनाउ कुँबरले समुदायस्तरमा हिंसाविरुद्ध लघुसचेतना कार्यक्रम सञ्चालन गरिएको बताए ।

Leave a Reply