म्याग्दीको बेनी नगरपालिका की एक महिना बच्चा सहित सम्पर्क बिहिन हुनुभएको छ । बेनी नगरपालिका–२ रोहोटेकी ३५ वर्षीया माया बोहोरा साढे दुई वर्षीया छोरी सहित सम्पर्क बिहिन हुनुभएको हो । आफन्त, छिमेकी र सम्भावित ठाउँमा नभेटिएपछि मायाका श्रीमान अनिलले श्रीमति र छोरीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा शुक्रबार निवेदन दर्ता गर्नुभएको छ ।

जेठ ५ गते मंगला गाउँपालिका–२ बाबियाचौर स्थित माइति गएकी माया र बच्चा बिहिबार राती बेनीको एक होटलमा बास बसेको भेटिएको छ । बास बसेको होटलबाटै अनिल र छिमेकीसँग फोनमा कुरा गरेकी माया शुक्रबार बिहानदेखि सम्पर्कबिहिन भएकी हुन् ।

श्रीमति घर आउने पर्खाइमा रहेका अनिलले अपराहन्न सम्म पनि सम्पर्कमा नआएको र खोज्दा पनि नभेटिएपछि खोजीका लागि अपिल गर्नुभएको छ । अनिल र मायाका तीन वटा छोरी छन । उनिहरु ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् ।घरमा भएका दुई जना छोरीको बिचल्ली भएको छिमेकी चन्द्र घिमिरेले बताउनुभयो ।

Leave a Reply