---Advertisement---

हृदयघातका कारण बेनपा-२ का वडा सचिव शर्माको निधन, आइतबार नगरपालिकाको शोक विदा

On: May 27, 2023 10:20 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-२,ज्यामरुककोटका वडासचिव राजाराम शर्माको शनिबार निधन भएको छ । ५५ बर्षिय शर्मा शुक्रबार वडा कार्यालयबाट काम सकेर घरमा आउनुभएका शर्मा मध्यरातमा अचानक बिरामी भएपछि बेनी अस्पतालमा उपचारको क्रममा शनिबार विहान ६ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए ।

सचिव शर्माको हृदयघातका कारण मृत्यु भएको वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । ‘वडाबासीले एक असल कर्मचारी र वडाको सदस्य गुमाएको छ,‘हामी स्तब्ध भएका छौ’ वडा अध्यक्ष कार्कीले भन्नुभयो ।

वडा सचिव शर्माको ब्लड प्रेसर लो (रक्तचाप कम) तथा निमोनियाको समेत समस्या रहेको बताइएको छ। लामो समयदेखि वडा सचिवको रुपमा कार्यरत शर्माको निधनमा बेनी नगरपालिकाभित्रका १० वटै वडा कार्यालयमा शोक विदा गरेको छ । मृतक शर्माको शनिबार कालिगण्डकी नदीमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको छ। अन्त्यष्टीमा आफन्त, जनप्रतिनिधि र स्थानीयहरुले अन्तीम श्रद्धाञ्जली दिएका थिए।