गायक तथा संगीतकार गोविन पुनलाई म्याग्दी प्रवासी नेपाली संघ मोना यूएईले सम्मान गरेको छ। म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ सिस्नेरी स्थायी घर भई हाल बुटवलको सैनामैनामा बस्ने पुनले नेपाली गीतसंगीतमा म्याग्दीलाई चिनाउन र यूवापुस्तको प्रतिनिधित्व गरी विभिन्न प्रतियोगितामा सहभागी भएको भन्दै सम्मान गरिएको हो ।

अध्यक्ष सुवास राम्जाली र महासचिव काजिमान बुढाथोकीले कदर पत्र सहित सम्मान गर्नुभएको हो । यूएईको भ्रमणमा रहनुभएका गायक पुनले म्याग्देलीको सम्मानबाट उत्साहित भएको बताउनुभयो ।

उहाँले आफने सांगितिक क्षेत्रलाई भविस्यमा पनि निरन्तरता दिन सम्मानले थप उर्जा थपेको बताउनुभयो । यसैबीच मोना यूएईको चौथो साधारणसभा आगामी जुन ११ गते हुने भएकाले सम्पूर्ण म्याग्देलीलाई उपस्थितीका लागि समेत अनुरोध गरिएको छ ।

Leave a Reply