म्याग्दी जिल्लाका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट नमूना कार्यालय घोषित भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका कार्यालययमध्ये म्याग्दीमा डिभिजन वन कार्यालयलाई उत्कृष्ट नमूना कार्यालय घोषित गरी पुरस्कृत गरेको हो ।

गणतन्त्र दिवसको अवसरमा पोखरामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिभिजन वन प्रमुख मनोज रानाभाटलाई प्रमाणपत्र र नगद रु ३० हजार प्रदान गरे ।

नमूना कार्यालय छनोट कार्यविधि, २०७८ बमोजिम डिभिजन वन २०७९ सालको उत्कृष्ट नमूना कार्यालय बन्न सफल भएको हो । डिभिजन वन प्रमुख रानाभाटले कार्यालयको सम्पूर्ण टिमका कारण कार्यालय उत्कृष्ट बन्न सफल भएको बताए ।

Leave a Reply