म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाले आयोजना गर्न लागेको खेलकुद प्रतियोगिताको स्टुडेन्ट भाइब्स अस्ट्रेलियाले टाइटल स्पोन्सर गरेको छ । आगामी जुन ११ गते हुने एक दिने पुरुष तथा महिला भलिबल र बास्केटबल टुनामेन्टको मुख्य प्रायोजकको रुपमा स्टुडेन्ट भाइब्सका प्रमुख बद्री बरुवालले मोना अस्ट्रेलियका अध्यक्ष इन्द्र थापा मगरसँग हस्ताक्षर गरेका छन् ।

मुख्य प्रायोजक स्टुडेन्ट भाइब्सका प्रमुख बरुवालले शैक्षिक परामर्शसँगै सामाजिक उत्तरदाहित्व अन्तरगत संस्थाको स्थापनाकालदेखि नै विद्यार्थी सशक्तिकरण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता अनुसार यसपाली “म पनि खेल्छु“ एकदिने टुर्नामेन्टको प्रमुख प्रायोजक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको बताए ।

‘समाजका हरेक क्षेत्रमा हाम्रो साथ र सहयोग हुन्छ,‘यो टुर्नामेन्टबाट हामीले खेलकुद गतिविधिमा समेत प्रवेश गरेका छौ’ बरुवालले भने । यसअगाडी अस्ट्रेलियामै स्टुडेन्ट भाइब्सको आयोजनामा पहिलोपल्ट बृहत् वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।

बोल्ने कला भएका नेपाली विद्यार्थी तथा अन्य युवाहरूको लागि स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताले समेत नेपालीलाई जोड्ने प्रयास गरेको थियो । यता मोना अस्ट्रेलियाका कार्यसमिति सदस्य बाबुराम पौडेलले टुर्नामेन्टको तयारी तिब्रताका साथ अगाडी बढेको बताए ।

एकदिने प्रतियोगिता अन्तरगत पुरुष भलिबलको प्रयोजन मोना आइसीका महासचिव हरि राम्जाली, बास्केटबलतर्फ समाजसेवी मुक्ती रोका र महिला भलिबल तर्फ मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापाले पुरस्कार प्रायोजन गरेका छन् । टुर्नामेन्टको अवसरमा अन्य विभिन्न कार्यक्रमहरु समेत रहेको जनाइएको छ ।

 

Leave a Reply