म्याग्दी जेसीजको २५ औ स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारेर सोमबार बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बेनीको नेपाल भाषा मंका खलको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि प्रथम भएको छ । दर्वाङ बोर्डिङ स्कुल दृतीय र प्रकाश मावि बेनी तृतीय भएका छन् ।

प्रथम भएको न्यु वेष्ट पोइन्टका कलाकारले ट्रफी, रनिङ कप र प्रमाणपत्र सहित नगद रु. बाह् हजार पुरस्कार प्राप्त गरेको छ । दृतीय र तृतीय हुने विद्यालयले ट्रफी र प्रमाणपत्र सहित क्रमश ः नगद रु. सात हजार र चार हजार पुरस्कार प्राप्त गरेका छन् । १४ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, नेपाल जेसिजका पुर्व अध्यक्ष राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष तथा बेनपा ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सन २००० मा स्थापना भएको म्याग्दी जेसिजले युवाहरुको क्षमता तथा नेतृत्व विकास, प्रतिभा पहिचान, खेलकुदका कार्यक्रम गर्दै आएको छ । २५ औ रजत जयन्ति मनाइरहेको म्याग्दी जेसिजले १९ औ जिल्ला स्तरीय लोक नृत्य कार्यक्रम आयोजना गरेको संयोजक तथा उपाध्यक्ष बिस्मा श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा संस्थापक देखि हालसम्मका अध्यक्षहरुलाई सम्मान गरिएको थियो । आगामी असोज ४ र ५ गते म्याग्दी जेसिजको आतिथ्यतामा नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलन बेनीमा हुदैछ् । करिब ६ सय युवाहरु सम्मेलनमा सहभागि हुदैछन् ।

Leave a Reply