म्याग्दीको बेनीमा रहेको माउण्ट एभरेष्टले पेशागत विकास र शैक्षणीक रणनीतिक तालिम सम्पन्न गरेको छ। विद्यालयले आयोजना गरेको तालिममा विद्यालयका शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो । चर्चित लेखक, अंग्रेजी, नेपाली तथा संस्कृतका बिज्ञ आचार्य लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो । भण्डारीले शिक्षण कसरी गर्ने र शिक्षण भूमिकाका सन्दर्भमा कुन योजना बनाउन सकिन्छ भन्ने जानकारी गराउनु भएको थियो । उत्प्रेरणा तथा शिक्षण अभिमुखीकरणका क्रममा उहाँले पढाउने तथा बालबालिकालाई कसरी खुशी हुँदै पढ्ने बनाउन सकिन्छ भन्ने तर्फ केन्द्रीत गराउँदै शिक्षण गराउने सरल तरिकाका बारेमा जानकारी गराउनु भयो । शिक्षणका क्रममा बालबालिकाहरुलाई सहज तबरले खुशी बनाउँदै र बालबालिकामा मुस्कान निकाल्नका लागि पनि शिक्षकहरुकै भुमिका हुने भएकाले त्यस तर्फ कसरी लाग्ने भन्ने सहजीकरण गर्नुभएको थियो ।

निर्देशक तथा तालिम संयोजक किरण सापकोटाले शैक्षणिक कार्यविधि अन्तरगत कक्षाकोठा व्यवस्थापन, सल्लाह र सुझाब, तथा योजना निर्माणका विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो ।


माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालय प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता शैक्षिक निर्देशक राजु केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारी गरी एक सय जनाको सहभागिता रहेको थियो ।कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठले शिक्षा तथा तालिमलाई नियमित गर्दै गुणस्तरीय शिक्षणमा जोड दिइने बताउनुभयो । उहाँले कुनै पनि शिक्षक तथा कर्मचारीले आफूले गरेको मेहनतको प्रतिफल पनि आफैले पाएको महशुष हुने वातावरण सृजना गरिने बताउनुभयो ।

Leave a Reply