बेनी नगरपालिकाका प्रमुख सुरत केसीले हिमोफिलियाका बिरामीहरुलाई आवश्यक पर्ने फ्याक्टर सदरमुकाममा रहेको बेनी अस्पताल मार्फत उपलब्ध गराउन पहल गर्ने बताउनुभएको छ ।
नेपाल हिमोफिलिया सोसाइटीका केन्द्रीय सदस्य सन्दीप खत्री र सोसाइटीका गण्डकी प्रदेश सदस्य डण्डपाणी पौडेलले बुझाएको हिमोफिलिया सोसाइटीको मागपत्र बुझ्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रमुख केसीले जिल्लामा रहेका हिमोफिलियाका बिरामीहरुका लागि आवश्यक पर्ने फ्याक्टर जिल्ला भित्रका सबै स्थानीय तह सँग सहकार्य गरेर जिल्ला अस्पतालबाटै पाउने व्यवस्था मिलाउन पहला गर्ने जानकारी दिनुभएको सोसाइटीका गण्डकी प्रदेस सदस्य पौडेलले बताउनुभयो ।

बुधबार हिमोफिलिया सोसाइटीले अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गर्दै आगामी आर्थिक वर्षमा आनुवंशिय रक्तश्राब सम्बन्धी अपाङ्गगता(हिमोफिलिया)लाई पनि समेटेर आवश्यक औषधि खरिदको लागि बजेट बिनियोजन गर्न माग गर्दै मागपत्र पेश गरेको थियो । उक्त मागपत्र बुझ्दै नगर प्रमुखले उक्त प्रतिबद्धता जनाउनु भएको हो ।
हिमोफिलिया एक बंशाणुगत समस्या हो । मानव शरिरमा रगत जमाउन रगतमा विशेष प्रकारका १३ वटा प्रोटिन फ्याक्टरहरु हुन्छन् र ती मध्ये कुनै एकको कमीका कारणले हिमोफिलिया हुन्छ । सामान्य चोटपटक लाग्दा पनि लामो समय सम्म रक्तश्राब हुने यो रोगबाट प्रायः पुरुषहरु पिडीत हुन्छन् भने महिलाहरु यो रोगको बाहक हुन्छन् ।

Leave a Reply