म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित भु तथा जलाधार ब्यवस्थापन कार्यालय सम्पर्क इकाई कार्यालयभित्र बन्द रहेको कोठामा कुलतमा फसेका बालक र किशोरको अठ्ठा भेटियो ।

रातभरी लागुपर्दाथ सेवन गर्ने र दिनभरी बन्द रहेको कार्यालयको कोठामा सुत्ने गरेको अवस्थामा चारजना फेला परेका छन् । झ्यालबाट प्रवेश गरी कार्यकक्षमा सुत्ने, त्यही सौच गर्ने, मध्यपान र धु्रमपान गर्ने गरेको अवस्थामा भेटिएको थियो ।

पर्वतको कुस्मामा कार्यालय रहेको कार्यालयको इकाईको बन्द हुने कक्षमा रहेको सोफालाई सुत्ने विस्तार बनाएर त्यही बस्ने गरेको अवस्थामा फेला पारिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘उनीहरुले दैनिक दुख दिन्छन्,‘चोरीमा घटनामा समेत संलग्न रहेको अवस्थामा फेला पारिएको थियो,‘सुुधारगृहमा पठाउने तयारी भइरहेको छ’ प्रनाउ कुँवरले भने । विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेको अवस्थामा सुधारगृहको विकल्प नभएको उनले बताए।

पटकपटक अभिभावकलाई जिम्मा लगाएपनि सुधारका संकेत नभेटिएपछि सामाजिक विकास कार्यालयमार्फत सुधार गृहमा पठाउन पहल भइहरेको बताए । तत्काल सुधार गृहमा नपठाए सँगै हिड्ने साथीहरु समेत कुलतमा फस्ने जोखिम झन् बढेको छ ।

बेनीमा लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको समेत पाइएको छ । कलिलै उमेरमा केही बालकले लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ ।

साथीको दबाब, मनोरञ्जनका कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेकोमा प्रहरीको टोली समेच चिन्तित छ । कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह समेत बढेकाले अभिभावकले नै ‘रिह्याब सेन्टर’ अर्थात् पुनःस्थापना केन्द्रमा राख्न चाहेका छन् । सरकारी कार्यालयमा भेटिएका चारजनालाई अभिभावकले नै पुनस्थापना केन्द्रमा पठाउन चाहेपछि प्रक्रिया अगाडी बढाइएको छ ।

 

Leave a Reply