गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार आयोजित एक समारोहमा उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराएका हुन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। शर्मालाई बुधबार बसेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो।

जिल्लाको बेनी नगरपालिका–१०,पात्लेखेतमा जन्मनुभएका शर्माले २०४८ सालदेखी वकालतलाई निरन्तरता दिएका छन् । जिल्ला वार एशोसिएशन म्याग्दीको ५ पटक अध्यक्ष समेत भएका शर्मा लोकतान्त्रिक कानुन व्यवसायी संगठन (डिएलए) जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत बनेका थिए । राजनिती शास्त्रमा एमए,कानुनमा बिएल र अंग्रेजीमा बिएड पास गर्नुभएका शर्मा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत हुन्।

Leave a Reply