जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका भल्गर र मोटरसाइकल राईडर प्रभात बसेललाई शुक्रबार तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत म्याग्दीले अनुमति दिएको छ ।

बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ । भल्गर बसेललाई अनुसन्धान गर्न पहिलो पटक ५ र दोस्रो पटक ७ दिनको म्याद थपिएको थियो ।

पीडित र आरोपीको बयानकै क्रममा रहेकाले शुक्रबार समेत म्याद थपका लागि अदालतबाट अनुमति मागिएको प्रहरीले जनाएको छ । हिरासतमा लिएको २५ दिनभित्र जिल्ला अदालतमा पेश गर्नुपर्ने छ ।
बसेलका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिना सर्त रिहाईको माग गर्दै देशैभर प्रर्दशन गरिरहेका छन् ।

स्वदेश तथा विदेशबाट समेत चासो देखाइएको यो घटनामा निस्पक्ष छानविन र बास्तविकता बुझेर अगाडी बढ्न बसेलका आफन्तले माग गरेका छन् । भल्गर बसेलको पक्षमा म्याग्दीको सदरमुकाम बेनी तथा विभिन्न स्थानमा भइरहेको मोटरसाइकल ¥याली सहित बिरोध प्रर्दशन जारी छ । यता पीडित यूवतीका परिवारले सामाजिक सञ्जाल र विभिन्न आन्दोलनमार्फत थप पिडा दिएको बताएका छन् ।

बेनीअनलाइनसँग कुरा गदैं पीडित यूवतीले नेपालबाट भारतसम्म लैजाँदाको अवस्थामा आफुले भोगेको र फर्किपछि निरन्तर दवाव र सामाजिक सञ्जालमा विभिन्न गतिविधि गरेकाले बाध्य भएर आफै गएर दर्ता गरेको मुद्धा दर्ता गरेको बताएकी छन् ।

सामाजिक सञ्जाल, फोन तथा अन्य विभिन्न माध्यमबाट धम्काउने, निरन्तर मानसिक तनाव दिएपछि प्रहरीमा निवेदन दिएको बताउँदै प्रमाणहरु समेत रहेको बताएकी छन् । यता दलित अगुवाहरुले अन्तरजातीय बिवाहका कारण केटी पक्षका परिवारले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेदको दावी गरेका छन ।

निष्पक्ष अनुसन्धान, छानविन र न्याय दिलाउने वातावरण बनाउन पर्ने र सहमतिमै अलग भएर बस्ने पक्षमा रहेको अगु्वाहरुको भनाई छ । प्रभातका मामा बिलबहादुर नेपालीले भने दलित समुदायका केटाले क्षेत्री केटीसँग गरेको बिवाहलाई भाड्न केटीलाई उचालेर मुद्दा लगाइएको बताए ।मोटरसाइकल राइडर र युटु्युवमा भल्ग सञ्चालन गरेका प्रभातले ती युवतीसँग गत फागुनमा भागी बिवाह गरेको उनको दावी छ ।

यो दावीलाई भने पीडित यूवतीले ठाडै अस्वीकार गरेकी छन् । उनले घुम्न जाने बाहनामा खानेकुरामा मिसाएर बोहोसी अवस्थामा नेपाल र भारतको सिमा क्षेत्रमा पुर्याएको बताईन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार बसेललाई दर्ता गरेको अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

उनले थपिएको म्याद सकिएपछि अदालतमा पेश गर्ने उनले बताए । दर्ता भएको मुद्धाको अन्तिम छिनोफानो जिल्ला अदालतमा हुने बताए । पीडित यूवतीलाई आरोपितले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीका दिएकी थिईन् प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।

१५ दिन भारतको कलकत्तामा दुई जना सँगै बसेर केटीका अभिभावकले स्विकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उपचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको प्रभातकी ठुलीआमा मायादेवी बस्यालले बताईन् । प्रभातको आमा र दुई जना भाईको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो ।

आमाको मृत्यु र बुवाले दोस्रो बिवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए । यता महिला अधिकारकर्मीले जवरजस्तीको मुद्धामा प्रहरीको अनुसन्धानलाई प्रभावित बनाउन नहुने भन्दै निष्पक्ष छानविनको वातावरण बनाउनुपर्ने बताएका छन् । अहिले सामाजिक सञ्जालमा बसेलको न्यायका लागि धेरै आवाज उठेको छ भने अधिकारकर्मीले कानुनी प्रक्रियबाट निस्पक्ष छानविन गरी दुबैलाई न्याय दिन अनुरोध गरेका छन् ।

यता प्रभातका साथीहरुल अलग भएर बस्ने वातावरण बनाउँदै दुबैलाई आफ्नो भविस्य बनाउन दिने वातावरण बनाउन सार्वजनिक अपिल गरेका छन् । दलित अगुवाहरुले जातियताकै अधारमा अलग बनाउन खोजेको बताइरहेका छन् भने पीडित पक्षले जातियभन्दा मानसिक पिडाका कारण कानुनी उपचार खोजेको बताएका छन् ।

Leave a Reply