को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको दोस्रो अधिवेशनबाट न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिका वरिष्ठ व्यवस्थापक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष नेत्रराज सुबेदी (लोकदीप साकोस), सचिव तेज कुमारी बानिया (संगिनी साकोस), कोषाध्यक्ष समिक्षा ढुंगाना (दिदिबहिनी साकोस) सर्वसम्मतले चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा यामनारायण पाइजा (रुप्से साकोस), जमुनादेवी पौडेल (जागृती महिला बहुउदेश्यीय सहकारी ),लक्ष्मी शर्मा (सौगात बहुउदेश्यीय सहकारी )डिल्लिराज पौडेल (युनिक साकोस), शिव खड्का ( गोर्खा भुपुसैनिक साकोस) र सरस्वती बानियाँ ( विश्वामित्र साकोस) रहनुभएको उपाध्यक्ष नेत्रराज सुबेदीले जानकारी दिनुभयो ।

अधिवेशनको राष्ट्रिय सहकारी बैंक लिका गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले उद्घाटन गदैं सहकारीका मेरुदण्ड नै प्रबन्धक भएकाले संस्थागत बिकास तथा क्षमता अभिबृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीका बारेमा पछिल्लो समय बजारमा भइरहेका गतिविधिलाई समेत क्लवमार्फत थप जिम्मेबारी भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक यूवराज त्रिपाटी र सिएमसी म्याग्दीका निर्वतमान अध्यक्ष प्रेमलाल कँडेलले संस्थामार्फत सहकारीमैत्री गतिविधि सहित सूचना आदानप्रदान सहितका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकाका ४३ सहकारीका प्रबन्धकको उपस्थिती रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारीका म्यानजेरलाई प्रविधि सहित आवश्यकता अनुसारका तालिम तथा सहकारीका गतिविधिलाई थप प्रभावकारी बनाउन सक्रिय हुने बताउनुभयो । साधारणसभाको अध्यक्षता निवर्तमान अध्यक्ष प्रेमलाल कँडेल, स्वागत बसन्त श्रेष्ठ र सञ्चालन नेत्रराजसुबेदीले गर्नुभएको थियो ।

Leave a Reply