राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेनी नगर समितिले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । शनिबार बेनपा–४, सिंगामा यूवराज रोकाको संयोजकत्वमा ११ सदस्यीय वडा समिति चयन गरेको छ ।

समितिको सह–संयोजक किसान बानियाँ,सचिब मान बहादुर बानियाँ र कोषाध्क्ष गुनमाया पुर्जा रहेको रास्वपाले नगर समितिका सभापति राज केसीले जानकारी दिनुभयो ।

वडास्तरमा आयोजित भेलालाई सम्बोधन गदैं नगर संयोजक केसीले संख्या धेरै भन्दा पनि समुदायमा जनताको मन जित्ने गरी पार्टीको अभियानलाई सफल बनाउन सानो र प्रभावकारी टिम बनाउने बताउनुभयो । रास्वपाले नगरपालिका भित्रका सबै वडामा वडा समिति गठन गरेपछि थप योजना बनाउने जनाएको छ ।

 

Leave a Reply